BREAKING NEWS
१० कार्तिक २०७८, बुधबार

चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस्

एक्सन खबर
चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस्

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादसैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले परम्परा र मौलिकता बोकेका पर्वले आपसमा एकता, सहिष्णुता अभिवृद्धि भई आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । शर्माले चाडपर्वले संस्कृतिको जगेर्ना गर्न सकुन भन्दै अनावश्यक प्रतिस्पर्धीको सोंचबाट समाजलाई मुक्त गर्न सफलता पनि प्राप्त गरुन् भनेका छन् ।

उनले भनेका छन्, ‘हाम्रा चाडपर्वहरुले परम्परागत रुपमा विकसित भएका संस्कृतिहरुलाई जगेर्ना गर्न सकुन् र अनावश्यक प्रतिस्पर्धी सोंचबाट समेत समाजलाई मुक्त गर्न सफलता प्राप्त गरुन् । ’

प्रमुख शर्माले अहिलेको समय कोरोनाबाट सचेत हुँदै चाडपर्व मनाउनुपर्ने भएकाले यसमा यसमा ध्यान दिनुपर्ने जोड दिएका छन् । ‘अहिले पनि हामी कोरोना विरुद्धको लडाइमै छौं । कोरोना संक्रमणको जोखिमबाट पूर्ण रुपमा मुक्ति कहिले पाइएला भन्ने प्रश्न आज पनि जीवन्त छ । प्रदेशवासी दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण नेपाली कोभिड १९ को संक्रमणबाट जोगिनका लागि चनाखो र सचेत हुन अत्यावश्यक छ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रदेश प्रमुख शर्माले आफन्त र मान्यजनबीचको भेटघाट, शुभकामना आदान–प्रदान एवं सद्भाव व्यक्त गरिरहँदा कोभिड १९ बाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेका छन् ।

- २६ आश्विन २०७८, मंगलवार ०९:२२ मा प्रकाशित



Kumari Advertisement
top ad