BREAKING NEWS
१० कार्तिक २०७८, बुधबार

चाडपर्वमा सचेत रहन जिप्रका डाेटी प्रमुखकाे आग्रह

एक्सन खबर
चाडपर्वमा सचेत रहन जिप्रका डाेटी प्रमुखकाे आग्रह

डाेटी । दसैं तथा तिहार जस्ता चाडपर्वमा चाेरी डकैती जस्ता घटना घट्न सक्ने भएकोले आम डाेटी बासिमा सचेत रहन जिल्ला प्रहरी कार्यलय डाेटीका प्रमुख दान बहादुर मल्लले आग्रह गरेका छन् ।

त्रिबेणी एफ एमकाे बहसमुलक कार्यक्रम तरङ्गमा बाेल्दै मल्लले जिल्लामा शान्ति सुरक्षा कायम गर्नकाे लागि सबैले आ-आफ्नाे क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए ।

दसैं तिहार जस्ता चाडबाडमा परिवारका सबै सदस्य घर छाेडेर जाँदा नजिकका विस्वासिलाे छिमेकी अथवा नजिककाे प्रहरी कार्यलयमा जानकारी गराएर जान मल्लले आग्रह गरेका छन् ।

कार्यक्रममा बाेल्दै उनले चाडबाडमा जाँड रक्सी, जुवा जस्ता क्रियाकलापले हिंसा निम्तिने भएकोले यस्ता क्रियाकलापमा नलाग्न र कहिँ यस्ता क्रियाकलापमा संलग्न भएको जानकारी पाए नजिकैकाे प्रहरी कार्यलयमा खबर गरि सहयोग गरिदिन अपिल गरे ।

- २६ आश्विन २०७८, मंगलवार १७:३५ मा प्रकाशित



Kumari Advertisement
top ad