BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

सञ्चारकर्मी दाहालकाे ‘मेराे देश नेपाल’ सार्वजनिक

एक्सन खबर
सञ्चारकर्मी दाहालकाे ‘मेराे देश नेपाल’ सार्वजनिक

सुनसरी । सञ्चारकर्मी तथा गितकार गोपाल दाहालद्वारा लिखित ‘मेरो देश नेपाल’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार बराह डिपार्ट्मेन्ट स्टाेरकाे सभा हलमा एक कार्यक्रम बिच वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले गीतको भिडियो प्रोजेक्टरको मध्यमबाट सार्वजनिक गरे ।

गितकार गोपाल दाहालको शब्द रचना रहेको उक्त म्युजिक भिडियोमा विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको छ भने नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादन रहेकाे छ ।

सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गरिन् ।

कार्यकममा गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति थियो।

- २६ आश्विन २०७८, मंगलवार २१:२० मा प्रकाशित



Kumari Advertisement
top ad