BREAKING NEWS
१० कार्तिक २०७८, बुधबार

मिथिलाको दसैँ : अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

डा.राजेन्द्र विमल, वरिष्ठ साहित्यकार
मिथिलाको दसैँ : अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

दशरा (विजयादशमी)पर्व पूरै भारत वर्षमा धुमधामका साथ मनाइन्छ । तर, मिथिला समाजमा भने दसैं भिन्न रूपमा मनाइने चलन छ । हाम्रो समाजमा दुर्गालाई शक्तिको रूपमा लिइन्छ । हिन्दु परम्पराअनुसार दसैंको घटस्थापनाभन्दा केही दिन पूर्वदेखि नै यहाँका शक्तिपीठहरूलाई सरसफाई तथा रंगरोगन गर्ने चलन छ । अहिले त यहाँका युवा, विभिन्न सामाजिक संघ संस्थाहरूले झन दसैैलाई आकर्षक बनाउन मूर्ति निर्माणदेखि ठाँउठाँउमा प्रवेशद्वार, पण्डाल निर्माण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

त्यसैगरि, विगत केही वर्षअघिसम्म दसैंमा प्रत्येक घरको मूल द्वारमा वा घरको पर्खालमा दुर्गा देवीकोे आकृति बनाउने चलन छ । कारण मिथिला समाजले दुर्गालाई बेटी(छोरी)को रूपमा लिने गरेको छ ।

दुर्गालाई भव्य रूपमा स्वागत गर्ने र विदाइको दिन दुःख व्यक्त गर्ने गरिन्छ । तर, शहरी क्षेत्रमा आकृतिक बनाइए पनि ग्रामिण क्षेत्रमा दुर्गाको आकृति बनाउने चलन अझै कायमै छ । मिथिलामा दुर्गालाई किन बेटी रूपमा मानिन्छ भन्ने हिन्दु पुराणमा एउटा कथा छ । भागवानले रावणलाई बध गरेपछि सीताले भागवान रामलाई प्रश्न गर्छिन्, तपाईंले रावणलाई त मार्नु भयो । तर, पतालमा रहेका राक्षसलाई मार्न सक्नु हुन्छ ? किन सक्दैन र जाउँ पतालपुरीमा भन्दै रामले सीतालाई भनेछन् । त्यसपछि राम, सीता, लक्षण सहितका भागवानको टोली पतालपुरीमा राक्षससँग आन्दोलन गर्छन् ।

आन्दोलनका क्रममा रामले धेरै क्षति व्यहोरे पनि राक्षसलाई जित्न सकिरहेका हुदैनन् । यहाँसम्मकी राक्षहरूले रामको भाइ लक्ष्मणलाई नै नियन्त्रमा लिई बन्धक बनाउँ छ । यो अवस्था देखेर सीता निकै आक्रोसित भई कालीको रूप धारण गर्छिन् । सीताले कालीको रूप लिएपछि पतालदेखि पुथ्वीसम्म हलिन्न थाल्छन् । महाप्रलय हुन्छ । कालीको आक्रोसलाई शान्त गर्न भागवान शिव स्वयं पतालपुरी पुग्छन् । आक्रोसको आगोले अन्धो जस्तो भएकी कालीले सुतिरहेका शिवलाई खुट्टा लगाउन पुग्छिन् । त्यसपछि भागवनालाई नै खुट्टा लाग्यो भने आत्तिएर कालिले जिब्राे बाहिर निकाल्छिन् । त्यही भएर कालीको फोटोमा जिब्रो निकालएको देखिन्छ ।

यसरी मिथिलाको छोरी सीताले नै कालीको रूप धारण गरि असत्यमाथि सत्यको विजय भएको भनेर मिथिलावासी गौरव गर्छन् । अन्य स्थानमा दसैंलाई आदीशक्ति, विजशक्ति, परमात्माशक्तिको रूपमा पूजा गरिन्छ । तर, हाम्रो समाजमा परमात्मा शक्तिको साथ साथै भावको रूपमा पनि दुर्गालाई लिने गरिन्छ ।

करिव ६/७ दशकअघि हाम्रो समाजमा दसैँ आएपछि बोक्सीको आतंक आएको भन्ने चलन थियो । दसैँ आएपछि आमाबुबाले आफ्ना छोराछोरीको घाँटीमा कालो कपडमा लसुन, हिङग बाँध्ने गर्थे । बोक्सीको जादुटुनाले वचन यस्तो गरिन्थ्यो । अर्को कुरा मैथिल समाजमा झिझिया खेल्ने परम्परा लामो समयदेखि रहँदै आएको छ । बोक्सीको आतंक नबढोस् भन्ने महिलाहरू झिझिजा खेल्ने गर्छन् । माटोको घैँटा बनाई त्यसमा अनगिन्तीहरू बनाइन्छ । झिझिया खेलिरहेको बेलमाकुनै बोक्सीले तिप्वालहरू गिन्ती गरेमा घैँटो बोक्ने महिलाको मृत्यु हुन्छ भने अन्धविश्वास छ ।

झिझियाको बीचमा दियो बाल्न प्रत्येक घरबाट तेल लिइने चलन छ । तेल प्रत्येक घरबाट किन लिइन्छ भने यसको पनि अर्थ छ । असत्य वा अपराधलाई हटाउन तथा लड्न सामूहिक प्रयासले सम्भव छ भन्ने जनचेतनाको विकास झिझियाले सिकाउँछ । त्यसैगरि दसैँको समयमा विभिन्न सडक बाटोमा चक्कर बनाउने गरिन्थ्यो । सिद्धिशक्ति प्राप्तिको लागि चक्कर बनाउने चलन थियो । मोहन, उच्चारण लगायतका मन्त्रहरूको सिद्धिको लागि चक्कर बनाइन्थ्यो ।

सीता स्वयं जनकपुरमा विराजमान भएकोले मूर्ति प्रतिमा बनाएर कहीँ दुर्गा पूजा मनाउने चलन थिएन । तर, अहिले नागपञ्चमीमा नागको मूर्तिदेखि विश्वकर्मासम्मका भागवानको मूर्ति चोकचोकमा बनाउने चलन छ ।

दसैँको अवधिभरि बोक्सीहरू समसान घाटमा गएर मुर्दाको खप्परमा खिर खाएमा बढी दैव्य शिक्त प्राप्त हुने मान्यता रहँदै आएको छ । बोक्सीहरू समसान घाटमा गएर खिर खाने तथा मरेका बच्चाहरूको शवलाई उखेलेर शवमा तेल लगाउने जस्ता क्रियाकलापले गरेको देखेमा बोक्सीको मृत्यु हुने र बोक्सीले नै पहिला ति व्यक्तिलाई देखेमा त्यस व्यक्तिको मृत्यु हुने अन्धविश्वास थियो । यि अन्धविश्वासकै कारण मेरो काकाको मृत्यु पनि भयो । काका विशेश्वर कुनै काम विशेषले चक्कर भन्ने गाउँमा गएका थिए । त्यहाँ सडकमा बनाइएको चक्कर नाघेपछि उहाँको मृत्यु भयो । चक्कर प्रतिउहाँको मनको डर त्रास भयले नै उहाँको मृत्यु भएको थियो । कारण चक्कर नाघिँदैमा मृत्यु हुन्छ भन्ने भ्रममात्रै थियो त्यतिवेला । म आफैँ कति पटक त्यस्ता चक्करहरूलाई नाघेको छु । तर, केहि भएन । यि अन्धविश्वासहरू विस्तारै विस्तारै समाप्त हुदै गइरहेको छ ।

एकातिर दैशमा जादुटुनासम्बन्धी भ्रम हट्दै गएको छ भने अर्को तर्फ विभिन्न विकृतिले स्थान पाउँदै गएको देखिन्छ । पहिलापहिला दसैँको बेलादुर्गाको प्रतिमा(मूर्ति) बनाउने चलन थिएन । सीता स्वयं जनकपुरमा विराजमान भएकोले मूर्ति प्रतिमा बनाएर कहीँ दुर्गा पूजा मनाउने चलन थिएन । तर, अहिले नागपञ्चमीमा नागको मूर्तिदेखि विश्वकर्मासम्मका भागवानको मूर्ति चोकचोकमा बनाउने चलन छ । पहिलापहिला आस्थाले ति भागवानहरूको पूर्जाअर्चना गरिन्थ्यो । तर, अहिले पूर्जाअचर्नामा र श्रद्धा भावमा पनि मनोरञ्जन गर्नेको कमि छैन । मूर्तिकै अगाडि नाटक, आरकेस्ट्राजस्ता सांगीतिक कार्यक्रमको आयोजनागर्ने गरेका छन् । भक्ति दर्शनलाई छाडेर विभिन्न भोजपुरी भल्गर गीतहरूमा कम्मर हल्लाउने युवाहरूको संख्या बढ्दै गएको छ ।

मूर्तिको पूजाको परम्परा वेदकालमा पनि थिएन । इन्द्र, वरुण जस्ताको पूजा गरिन्थ्यो । तर, मूर्तिको पूर्जा गर्ने परम्परा थिएन । तर, पनि पछिल्लो समयमा बिनामूर्तिको पूजा गर्नेहरूको संख्या पनि कम हुँदै गएको छ । इस्लामधर्ममा हजरत मोहम्मद आउनुभन्दा पूर्व साउदी अरबहरूमा पनि भूतपरस्तीहरूको पुजा गरिन्थ्यो । तर, उहाँको आगमनपछि विस्तारै मूर्ति पूजा हराउँदै गयो ।

श्रीमद्भागवतमामात्रै मूर्तिको पूर्जाको वर्णन गरिएको छ । श्रीमद्भागवत ढुंगा, दाउमई काठको मूर्ति, फलामको मूर्ति, लिप्या विभिन्न स्थानमा लेपर मूर्ति बनाउनु, लेख्या लेखर मुर्ति बनाउनु, मनोमई मनमनै मूर्ति बनाएर पूजा गर्नु लगायतका मूर्तिको विषयमा चर्चा गरिएको छ ।

अहिले त मूर्तिको विर्सजनका बेलामा पनि विभिन्न किसिमको विवाद हुने गरेको छ । भतिmभाव गर्नु राम्रो कार्य नै हो । गर्नुपर्छ । कुनै पनि धर्मले गलत क्रियाकलापलाई प्रोत्साहन गर्दैन । यो साकेंत मूमि अर्थात शक्तिको भूमि हो । मानवको उत्पति पनि कुनै शक्ति ऊर्जाले नै भएको छ । अहिलेको ठिक के हो भन्ने, घर घरमा भक्ति भाव हुन थालेको छ । तर, भक्तिभावको नाममा ध्वनि प्रर्दुषण बढेर गएको छ । जलप्रदुषण, वायु प्रदुषण लगायतका थिएन नै पछिल्लो समयमा ध्वनि प्रदुषण पनि थपिएको छ ।

दसैँ फरक फरक कथासँग जोडिएको छ । देवासुर संग्राम अर्थात देवता र राक्षसको संग्राम । जति बेला पृथ्वीकापालक भागवान विष्णु योग्य निद्रामा सुतिरहेका थिए । दुर्गानिद्राको रूपमा विष्णुको आखाँमा बास गरिहरहेको हुन्छ । योग्यनिद्राका कारण विष्णुको कानमा जमेको फोहरबाट दुईवटा राक्षसको जन्म हुन्छ । त्यस्तो मायो संसारको अवस्था के हुन्छ ।

त्यस्तै अर्को कथा छ शुम्भ र निशुम्भ राक्षस दुई दाजुभाइ थिए । उनीहरूले इन्द्रलोकलाई नै कब्जागरि भागवानहरूलाई दुःख दिन थाले । त्यसलाई परस्त गर्न भागावनहरूले आफ्ना आफ्ना शरीरबाट एक एक अंग दिएपछि दुर्गाको जन्म हुन्छ । यसरी असत्यमाथि सत्यको विजयको लागि फरक फरक कथाहरू दसैँसँग जोडिएको छ ।

पाँचवटा तनमात्राको आकांक्षा कहिल्यै पूरा गर्न सक्दैन । कारण आँखाले सधैँ एकपछि अर्को नयाँ वस्तु हेर्न चाहन्छ । आखाँको हेर्ने इच्छाको सीमा छैन । त्यस्तै कान पनि यस्तै खोजीमा हुन्छ ।

दसैँ नौ दिनसम्म मनाइन्छ । यसको पनि कारण हो । दुर्गाकै नौ वटा रूपलाई नौ दिनसम्म पूजा गरिन्छ । सीता, सरस्वती, काली, लक्ष्मी यी सबै दुर्गाका रूप हुन् । दसैँमा यी सबै देउताको पूजा गरिन्छ । त्यस्तै, दसैँलाई नवरात्री अर्थात नौ रात र १० दिन सम्म मनाइन्छ ।

दसैँको नौ दिनलाई अर्को रुपमा पनि वर्णन गरिएको छ । पुरुषको शरीरमा नौवटा द्वार छन् । जस्तै दुई आखा, दुई कान, दुई नाकका प्वाल, एक मुख, एक मुत्रद्वार र एक मलद्वार ।

त्यसैगरि, महिलामा १० वटाद्वार हुन्छ । उनीहरूमा वीर्य ग्रहण गर्ने द्वार थप हुन्छ । शरीरका यि द्वारहरूलाई शक्ति सम्पन्न बनाउन पनि दुर्गा पूजा गरिन्छ । तर, यी द्वारहरू अहिले विभिन्न मोह र विषय सुख कामवासनाले व्याप्त छ । आँखाले बढीभन्दा बढी वस्तु हेर्न चाहन्छ । कानले बढीभन्दा बढी गलत सुन्न रुचाउँछ, मुखले बढी भन्दाबढी वस्तुको स्वादलिन चाहन्छ । तर, यी पाँचवटा तनमात्राको आकांक्षा कहिल्यै पूरा गर्न सक्दैन । कारण आँखाले सधैँ एकपछि अर्को नयाँ वस्तु हेर्न चाहन्छ । आखाँको हेर्ने इच्छाको सीमा छैन । त्यस्तै कान पनि यस्तै खोजीमा हुन्छ ।

यी पाँच तनमात्रालाई नियन्त्रण गर्न सकेमा देश समाज र विश्व तथा मानव जातिको नै कल्याण हुन्छ । तर, अहिले हामी यी पाँच तनमात्रालाई नियन्त्रण वा आफ्नो वसमा राख्नुको साट्टो त्यसकै पछि पछि लाग्छौँ । दसैँले अर्थात नवरात्राले हामीलाई थोरै भए पनि यी शक्तिलाई नियन्त्रण गर्न सक्छ । तर, अचेल दसैँको नाममा लाखौँ खसी बोकालाई बलिदिने गरिएको छ । जुन जैविक विविधतामा धेरै ठूलो प्रहार हो ।

- २७ आश्विन २०७८, बुधबार १३:२९ मा प्रकाशित



Kumari Advertisement
top ad