BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना, धरानका वडाध्यक्ष घाइते

एक्सन खबर
लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना, धरानका वडाध्यक्ष घाइते

उदयपुर । सप्तकोशी किनारास्थित उदयपुरको बेलका नगरपालिका- ८ लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । धरान उपमहानगरपालिका– ४ बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ अचानक वर्षातसँगै आएको हावाहुरीले उडाएर सप्तकोशीको लाहुरेखोँच पुर्‍याएका थिए ।

प्याराग्लाइडिङ दुर्घटनामा धरान उपमहानगरपालिका– ४ का ४८ वर्षिय रोशन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए । अधिकारी धरान उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष समेत हुन् ।

उनलाई तत्काल उद्धार गरि उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान (घोपा) पठाईएकोमा उनकाे दुर्घटनामा कम्मरमा गम्भिर चाेट लागेकाे  छ । घाइते अघिकारीकाे स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटी मोरङबाट व्यवसायिक उडान गर्दे आएको छ । उनी स्वयमले पनि सोलो पाइलटको तालिम लिएकोले उड्दै आएका थिए ।

- १ कार्तिक २०७८, सोमबार ०९:०९ मा प्रकाशित



top ad