BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

कर्णाली नदीको फेरी बगायो

एक्सन खबर
कर्णाली नदीको फेरी बगायो

सुर्खेत । शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी बगाएको छ । करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्न जिते बजारमा जडान गरिएको फेरी नदीमा आएको बाढीले बगाएको हो ।

स्थानीय कमल मल्लले फेरीसँगै जिते हाट बजारका पाँचवटा शौचालय समेत बगाएकाले बताए । उनले कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको बहाव उच्च रहेको बताए।

जसरी तिला नदीमा पानीको मात्रा बढेको छ, यसरी कर्णाली नदीमा बढेमा जिते बजार पुरै बगाउने बताए । जिते बजार कर्णाली र तिला नदीको दोभानमा रहेको छ ।

- २ कार्तिक २०७८, मंगलवार १३:१७ मा प्रकाशित



top ad