BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

विरगञ्ज महानगर ५ का वडाध्यक्ष दलवल सहित नेकपा एमालेमा

एक्सन खबर
विरगञ्ज महानगर ५ का वडाध्यक्ष दलवल सहित नेकपा एमालेमा

PinShares107

विरगञ्ज । विरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया दलबल सहित नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीले जनभावना अनुसार काम नगरेको भन्दै उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौरसिया सहित दुई दर्जनलाई स्वागत गर्दै अबको निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी कार्य गर्न निर्देशन पनि दिए । जनताका जनजिविकाका सवालमा नेकपा एमालेले अख्तियार गरेको निती नै सर्वोत्तम रहेको बताउँदै त्यसलाई अब जनताका माझ लैजानुपर्ने बताइएको छ ।

चौरसिया नेकपा एमाले केन्द्रीय सदस्य बसरुद्धिन अन्सारीको विशेष पहलमा एमाले प्रवेश गरेका हुन् । आगामी दिनमा विरगञ्ज महानगरपालिकामा एमालेको बर्चस्व कायम गर्ने गरी बसरुद्धिनले आफ्नो क्षेत्रमा संगठन निर्माण, संगठन सुदृढीकरण तथा सुद्धिकरणको अभियान चलाईरहेका छन् ।

भोली शनिबार मात्रै नेकपा एमालेले १० औं महाधिवेशन अन्तरगत वडा अधिवेशन गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

PinShares107

- ५ कार्तिक २०७८, शुक्रबार १०:५५ मा प्रकाशित



top ad