BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

पाँच बर्षीया बालिकामाथि यौन शोषणकाे आरोपमा उपप्राध्यापक पक्राउ

एक्सन खबर
पाँच बर्षीया बालिकामाथि यौन शोषणकाे आरोपमा उपप्राध्यापक पक्राउ

जनकपुरधाम । पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्राध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्राध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका सिरहा जिल्ला नरहा गापा–३ का देवेन्द्र यादवकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ ।

मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ । बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले पीडित बालिकाकाे शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

- ६ कार्तिक २०७८, शनिबार १७:२० मा प्रकाशित



top ad