BREAKING NEWS
१८ मंसिर २०७८, शनिबार

मेस्सी-रोनाल्डो बिनाको ‘एल क्लासिकाे’ आज

एक्सन खबर
मेस्सी-रोनाल्डो बिनाको ‘एल क्लासिकाे’ आज

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिकाे’ बार्सिलोनाविरुद्ध रियल म्यड्रिडकाे खेल आज (आइतबार) हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने २४७ औं ‘एल क्लासिकाे’ नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

जारी ला लिगामा दुबै टोलीको यो नवौँ खेल हुनेछ । पाँच जित, दुई बराबर र एक खेलमा हार ब्यहोरेको रियल १७ अंकसहित तेस्रो स्थानमा छ । रियल घरेलु टोली बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्नले दाउमा छ ।

यता, बार्सिलोना चार जित, तीन बराबर र एक हारसहित १५ अंक बनाएर तालिकाको आठौं स्थानमा छ । बार्सिलोना भ्रमणकारी टोली रियललाई हराएर तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ ।

यस ‘एल क्लासिकाे’लाई स्टार खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो बिनाको युवा खेलाडी भिडन्तको रूपमा हेरिएको छ । पछिल्लो समय मेस्सी बार्सिलोना छाड्दै फ्रेन्च लिग खेल्न पेरिस सेन्ड जर्मन (पिएसजी) तथा रोनाल्डो इटाली सिरी ए क्लब युभेन्ट्स हुँदै इंग्लिस क्लब म्यानचेष्टर युनाईडेट पुगेका छन् ।

सिजनको पहिलो एल क्लासिकाेलाई मेस्सी र रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस बिनाको भिडन्तको रूपमा समेत हेरिएको छ । दुबै खेलाडी सर्वाधिक एल क्लासिकाे खेल्ने खेलाडी हुन् ।

पछिल्ला दुई खेलमा जित निकालेको बार्सिलोना रियल मड्रिडविरुद्ध उच्च मनोबलका साथ मैदान निस्कनेछ । पछिल्लो खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई ३-१ तथा च्याम्पियन्स लिगमा ड्यनामो केईभलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यता, रियलले भने पछिल्लो खेलमा शख्तर डोनेट्सलाई ५-० गोल अन्तरले हराएको थियो । यसअघि रियल ला लिगामा इस्पान्योलसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

सिजनको पहिलो एल क्लासिकाेमा बार्सिलोनाका सर्जियो अग्वुइरो र अन्सु फातीको चोटबाट फर्कनेछन् । यस्तै अट्याकर मेम्फिस डिपाए र पेड्रीको लयले बार्सिलोनालाई साथ दिनेछ ।

यता, रियललाई कप्तान करिम बेन्जेमाको लयले अग्रपंक्तिमा राम्रो साथ दिनेछ । यस्तै भिनिसियस जुनियर, लुका मोड्रिक लगायतका खेलाडीले बार्सिलोनाको डिफेन्स लाइनलाई तनाव उत्पन्न गराउनेछ ।

- ७ कार्तिक २०७८, आईतवार १३:०६ मा प्रकाशित



top ad