BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

बिहीबारसम्ममा बागमती प्रदेश नयाँ सरकार गठनकाे आह्वान

एक्सन खबर
बिहीबारसम्ममा बागमती प्रदेश नयाँ सरकार गठनकाे आह्वान

काठमाडाैं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

- १० कार्तिक २०७८, बुधबार १६:४० मा प्रकाशित



top ad