BREAKING NEWS
१५ मंसिर २०७८, बुधबार

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

एक्सन खबर
ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।

नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

- १७ कार्तिक २०७८, बुधबार ०८:४२ मा प्रकाशित



top ad