BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

एक्सन खबर
जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

जाजरकोट । जाजरकाेटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

- १९ कार्तिक २०७८, शुक्रबार ०९:४६ मा प्रकाशित



top ad