BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

फेरी बढ्याे इन्धनकाे मुल्यः खाना पकाउने ग्याँस प्रति सिलिण्डर रू १५७५

एक्सन खबर
फेरी बढ्याे इन्धनकाे मुल्यः खाना पकाउने ग्याँस प्रति सिलिण्डर रू १५७५

काठमाडौं । सरकारले फेरी इन्धनकाे मुल्य बढाएकाे छ ।नेपाल आयल निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रति लिटर ३/३ रूपैंया मूल्य बढाएउँदा खाना पकाउने ग्याँसकाे सिलिण्डरमा ७५ रूपैंया मुल्य बढाएकाे छ ।

निगमद्वारा जारी विज्ञप्ति अनुसार अब ग्याँसकाे मुल्य प्रति सिलिण्डर १५७५ रूपैंया पर्नेछ । यसअघि १५ सय कायम थियाे । कात्तिक १२ गते निगमले इन्धनकाे मुल्य समायाेजन गरेकाे थियाे ।

पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ कायम गरिएकाे निगमले जनाएकाे छ । बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ ।

- २४ कार्तिक २०७८, बुधबार २१:३४ मा प्रकाशित



top ad