BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी

एक्सन खबर
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौं । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।

सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त उपकुलपतिका हैसियतमा कामकाज गर्न डा. थापालाई तोकेको मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिए ।

डा. मंगल रावललाई मापदण्ड विपरित उपकुलपति नियुक्ति गरेकाे भन्दै सर्वाेच्चमा उजुरी समेत परेकाे र विवाद बढेपछि उनकाे अधिकार शिक्षाध्यक्षलाई दिइएकाे मन्त्रालयकाे भनाइ छ ।

- २५ कार्तिक २०७८, बिहीबार १८:०८ मा प्रकाशित



top ad