BREAKING NEWS
१७ मंसिर २०७८, शुक्रबार

यी हुन् एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्साबाट सर्वसम्मत हुनेहरू

एक्सन खबर
यी हुन् एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्साबाट सर्वसम्मत हुनेहरू

पर्सा । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्सामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् । पर्साको चार वटै निर्वाचन क्षेत्र र दलितबाट २९ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

पर्सा क्षेत्र नम्बर १ बाट इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह, डा. विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दाहाल, सुभद्रा बन्जारा रहेका छन् । क्षेत्र नम्बर २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्मा चयन भएकाे जिल्ला अध्यक्ष हजराले बताए ।

यस्तै क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ४ बाट जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी रहेका छन् भने, दलित तर्फबाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

- २९ कार्तिक २०७८, सोमबार २१:४७ मा प्रकाशित



top ad