BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

राप्ती प्रतिष्ठानले सञ्चालनमा ल्यायाे एडभान्स अपरेशन थिएटर

एक्सन खबर
राप्ती प्रतिष्ठानले सञ्चालनमा ल्यायाे एडभान्स अपरेशन थिएटर

काठमाडाैं । दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न प्रकारका शल्यकृया (अपरेशन) हरु आधुनिक प्रविधिका मेशिनबाट प्रारम्भ गरिएको छ । नाक, कान र घाँटीको शल्यकृया (अपरेशन) को लागि एडभान्स अपरेशन थिएटर सञ्चालनमा ल्याइएको छ ।

त्यसै गरी हाडजोर्नी विभाग, आँखा विभाग, प्रशुति तथा स्त्री रोग विभाग तथा सर्जरी विभागमा विभिन्न प्रकारका शल्यकृया (अपरेशन) हरु अत्याधुनिक प्रविधिका मेशिनबाट सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएकाे छ ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे स्वास्थ्य सेवालाई गुणस्तरीय तथा प्रभावकारी बनाउन शल्यकृया कक्ष विस्तार गरिएकाे बताइन् । ‘लुम्विनी प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भनेर हामीले अपरेशन कक्षहरू थप गरेका छाैं । पहिला दुइवटा मात्र अपरेशन कक्ष हुँदा विरामीले भनेकाे समयमा उपचार पाउन कठिन थियाे । अहिले चारवटा अपरेशन कक्ष थप गरिएकाे छ ।’ प्रा.डा. भण्डारीले बताइन् ।

प्रतिष्ठानले पेयीङ अपरेशन समेत सञ्चालन गर्ने भएकाे छ । पैसा हुनेहरू पनि उपचारकालागि राजधानी जानुपर्ने बाध्यता कम गर्न प्रतिष्ठानले पेयीङ अपरेशन शुरू गरेकाे हाे । यसअघि नै प्रतिष्ठानले पेयीङ वार्ड समेत सञ्चालन गरिसकेकाे छ । प्रतिष्ठानसँग दक्ष तथा अनुभवी अर्थाेसर्जन समेत रहेकाले उनीहरूले जुनसुकै बेला सेवा प्रदान गर्न सक्छन् ।

यसका साथै प्रतिष्ठानमा गरिने यस्ता प्रकारका उपचार सेवाहरु विशेष मनिटरिङ सहितको सुविधा सम्पन्न क्याविन तथा जनरल वार्डको सेवा सञ्चालन गरिएको छ ।

आगामी ४ वर्षभित्र ४ सय शैयाको आधुनिक अस्पताल समेत सञ्चालनमा ल्याउने गुरुयोजनाका साथ काम गरिरहेको प्रतिष्ठानले चिकित्सा सेवाका आधुनिक स्वास्थ्य प्रणाली भित्र्याएर सेवा दिने लक्ष्य लिएको छ । साथै निकट भविष्यमै मेडिकल शिक्षा समेत सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ ।

- ४ मंसिर २०७८, शनिबार १०:५४ मा प्रकाशित



top ad