BREAKING NEWS
१५ मंसिर २०७८, बुधबार

नेककी छात्रा युष्नालाई ‘यङ्ग आर्किटेक्ट एक्सिलेन्ट अवार्ड’

एक्सन खबर
नेककी छात्रा युष्नालाई ‘यङ्ग आर्किटेक्ट एक्सिलेन्ट अवार्ड’

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजकी छात्रा आर्किटेक्ट एक्सिलेन्ट अवार्डबाट सम्मानीत भएकी छन् । नेककी युष्ना मलेकुलाई सोसाइटी अफ कन्सल्टीङ्ग आर्टिटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्ले यङ्ग आर्किटेक्ट एक्सिलेन्ट अवार्डबाट सम्मानीत गरेको हो ।

शनिबार हिमालय होटलमा आयोजित विशेष समारोहमा कलेजको १५ औं ब्याचकी छात्रा युष्नालाई उर्जा, जलश्रोत तथा सिचाईंमन्त्री पम्फा भुषालले सम्मानीत गरिन् ।

नेपाल इन्जिनियरिङ कलेजकी आर्किटेक्चर विभागकी प्रमुख नशाला सायमीले सम्मानीत छात्रा युष्ना कलेजकी होनहार छात्रा रहेको बताउँदै उनले हासिल गरेको अवार्डबाट कलेज पनि गौरवान्तिक भएको बताइन् । ‘नेपालका सबै विश्वविद्यालयहरुबाट आउट गोइङ विद्यार्थीको विवरणहरु पठाएको हुन्छन् । अन्तिम नामावलीमा ६ जनाको रहेकोमा युष्ना मलेकुले यङ्ग आर्किटेक्ट एक्सिलेन्ट अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।’ विभागीय प्रमुख सायमीले बताइन् ।

नेपाल इन्जिनियरिङ कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले स्वदेश तथा विदेशमा सफलता हासिल गरी विभिन्न अवार्ड तथा पुरस्कारहरु प्राप्त गर्ने गरेका छन् । कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कुनैपनि प्रकारको कम्प्रोमाइज नगरेकै कारण इन्जिनियरिङका धेरै विधाहरुमा दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सफल भएको बताए ।

नेपालमै पहिलोपटक निजी क्षेत्रबाट गैरनाफामुलक सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले इन्जिनियरिङ शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

- ५ मंसिर २०७८, आईतवार २०:११ मा प्रकाशित



top ad