BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

कांग्रेस सुनसरी क्षेत्र नं. १ मा देउवा पक्षका राई पछि हटे

एक्सन खबर
कांग्रेस सुनसरी क्षेत्र नं. १ मा देउवा पक्षका राई पछि हटे

सुनसरी । नेपाली काँग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरीणामले तरङ्ग ल्याएको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा पक्ष झस्कीएकाे छ ।

हालसालै देउवा पक्षको समर्थनमा क्षेत्रीय सभापतिको उम्मेदवार भएका तिलक राई निर्वाचनकाे संभावित पराजयबाट भागेका छन् । देउवा टिममा प्रवेश नगरे पनि संस्थापन पक्षले क्षेत्रीय सभापतिमा आफूलाई समर्थन गरेको बताउँदै आएका उनलाई पछिल्लो निर्वाचन परिणामले पराजयकाे शिकार बनाउने देखेपछि उनी पछि हटेका हुन् ।

धरान नगर प्रमुख समेत रहेका राई अधिवेशनबाट भागेपछि उनकाे स्थानमा देउवा पक्षधरले लक्ष्मी खतिवडालाई उठाएकाे छ । आज धरानकाे होटल स्टार पुर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समुहले सभापतिमा खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

इतर पक्ष (कोइराला/पौडेल)का सुजेन्द्र तामाङ उम्मेदवार हुने भएपछि राई संस्थापन पक्षबाट उम्मेदवार बनेका थिए । सोही बमोजिम संस्थापन पक्षले पनि टिम बलियो बनाउन राईलाई समर्थन गरेको थियाे । तर पछिल्लो चुनावी नतिजाले संस्थापन पक्ष निक्कै कमजोर अवस्थामा पुगेको छ ।

क्षेत्रीय निर्वाचनको लागि भाेली मतदान हुनेमा आज मनोनयन दर्ता हुदैछ । पत्रकार सम्मेलनमा बाेल्दै पुर्वप्रदेश प्रमुख गोविन्द तुम्बाहाम्फेले हिजो साँझ सभापतिका उम्मेदवार तिलक राईले नउठ्ने भनेपछि लक्ष्मी खतिवडालाई क्षेत्रिय सभापतिकाे उम्मेद्वार बनाइएकाे जानकारी गराए ।

इतर पक्ष (कोइराला/पौडेल)का सुजेन्द्र तामाङ जिल्लामै लाेकप्रीय नेताका रूपमा परिचित छन् । तिलक राईले तामाङलाई पराजित गर्न सक्ने ईधार नबनेकाे तथा देशभर नै देउवा पक्षधरकाे पराजय व्यहाेरिरहेकाले तिलक राई हच्कीएकाे बुझिएकाे छ ।

क्षेत्रीय सभापतिमा खतिवडाका पक्षमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मिना सुब्बा, विनाेद कुमार राई, गोविन्द तुम्बाहाम्फे, अजय राई लगायत देखिएका छन् ।

- ६ मंसिर २०७८, सोमबार ११:१४ मा प्रकाशित



top ad