BREAKING NEWS
१८ मंसिर २०७८, शनिबार

भ्रामक समाचार प्रति मेयर गच्छदारको खण्डन

एक्सन खबर
भ्रामक समाचार प्रति मेयर गच्छदारको खण्डन

दुहवी । सुनसरीको धरानबाट प्रकाशित एक दैनिक पत्रिकामा २०७८ साल मंसिर ३ गते प्रकाशित समाचारमा “ऐन विपरित मेयरलाई आवास भत्ता दशैं खर्च ३ गुणा बढी” भएको समाचार प्रति आफ्नो गम्भिर ध्यान आकर्षण भएको भन्दै दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले विज्ञप्ति मार्फत समाचारलाई खण्डन गरेका छन् ।

नेपालको शासकिय स्वरुपको पुर्नसंरचना बनी नसकेको अवस्थामा केहि विषयहरुमा द्धिविधा रहेको अवस्थामा भएको आवास, दशै खर्च, पोशाक खर्चहरु लेखा परीक्षण हुँदाका वखत कानुन संगत नभएको भनी उल्लेख भएकोले मेरो नाममा कायम भएको आवास खर्च वापत रु २ लाख ४ हजार बढी भुक्तानी हुन गएको र दशै खर्च वापतको रु २९ हजार गरी जम्मा २ लाख ३३ तेतिस हजार नगदै नेपाल सरकारलाई फिर्ता समेत गरी सकेको मेयरद्धारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यसैगरी पोशाक भत्ता वापतको रु १० हजार समेत पाउने पारिश्रमिकबाट कट्टा गरी सरकारी कोषमा दाखिला गरी सकेको कुरा प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गरीएको छ ।

“प्रचलित कानुनमा भएको ब्यवस्था वाहेक कुनै पनि सुविधा लिने मनसाय पनि छैन । उल्लेखित विषय कानुनी द्धिविधाका कारण भएको हुँदा अवदेखि यस्ता विषय नदोहरीने प्रतिवद्धता समेत ब्यक्त गर्दछु ।” जारी विज्ञप्तिमा भनिएको छ ।

 

- ६ मंसिर २०७८, सोमबार २२:१३ मा प्रकाशित



top ad