BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

हाम्रोबारे

अनलाइन मिडिया क्षेत्रमा एक्सन खबर नौलो र विस्वसनीय खबरका रुपमा उदाउने छ । यसले मुख्य गरी, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, लैङिगक, वर्ग, क्षेत्र र समुदायको आवाजलाई मुखरित गर्नेछ ।

एक्सन खबर छापा, अनलाइन, युट्युव टेलिभिजन वेसमा केन्द्रीत रहनेछ । एक्सन खबरमा हामीले विभिन्न क्षेत्रका विक्रिति विसंगतिलाई उठान गर्दै त्यसलाई नियामक निकायसम्म पुर्याउने छौं नै, साथमा सकारात्मक समाचारलाई प्राथमिकतामा राख्नेछौं ।

अहिलेसम्मको ट्रेण्ड हेर्दा नकारात्मक विचार र धारणा आम सञ्चार माध्यमको पहिलो रोजाइमा परेको छ । तर, हामी सकारात्मक सोच र कार्यलाई प्राथमिकता दिनेछौं । यस मामलामा हामी अहिलेसम्म चलेका सञ्चार माध्यम भन्दा नितान्त फरक र नौलो हुनेछौं । सकारात्मक समाचार, सन्तुलित विचार, आरोप प्रत्यारोपबाट बाहिर निस्किएर हामी पत्रकारितामा नौलो अभ्यास गर्नेछौं । सकारात्मक सोच र भावनाबाटै समाज तथा राष्ट्रको विकास गर्ने हाम्रो मूल उद्देश्य रहनेछ ।

हामी अनलाइन पत्रकारितासँगै युट्युवक केन्द्रीत सामग्रीमा जोड दिनेछौं । अडियो भिडियोको माध्यमबाट सामग्री प्रकाशन र प्रशारण गर्नेछौं । जसकालागि युट्युव टेलिभिजनको अवधारणामा जानेछौं । अन्र्तरवार्ता, भिडियो रिपोर्ट, फिचर स्टोरी, सफलताका कथा, वृत्तचित्र तथा स्वस्थ मनोरञ्जनका विषय हाम्रा सामग्री रहनेछन् ।