पूँजीवादले समाजवादीहरूकाे बीचमा न्युट्रिशन पाइरहेकाे छ
- माेहम्मद जाकिर हुसैन
प्रतिनिधि सभा भनेकाे केन्द्रीय पार्लियामेण्ट र प्रदेश सभा भनेकाे प्रादेशिक पार्लियामेण्ट हाे । केन्द्रीय पर्लियामेण्ट (प्रतिनिधि सभा) काे सदस्यलाई प्रतिनिधि सभा सदस्य वा संघीय सांसद, छाेटकरीमा सांसद भन्छाैँ । प्रादेशिक पार्लियामेण्ट (प्रदेश सभा) काे सदस्यलाई प्रदेश सभा सदस्य, प्रादेशिक सांसद भन्छाैँ ।
यी दुवै थरिका सांसदकाे प्रमुख कार्यभार भनेकाे विधायिकी कर्तव्य निर्वाह नै हाे । विधायिकी कर्तव्यभित्र एकदमै माेटामाेटी रूपमा नयाँ कानूनहरूकाे तर्जुमा, वर्तमान कानूनहरूकाे अद्याबधिकीकरण वा संशाेधन, खारेजी, वार्षिक बजेट तर्जुमा, नीति तथा कार्यक्रम निर्माण आदि पर्दछन् । संसदभित्र थरि थरिका सन्धि र सम्झाैताहरू पनि पेश हुने गर्दछन् । यी सवै निकै गम्भीर र संवेदनशील कुराहरू हुन् ।
हरेक सांसदमा विधायिकी सुझबूझ र ज्ञान हुनु आवश्यक हुन्छ । सांसदहरूलाई बजेट प्रक्रिया र याेजना निर्माणकाे ज्ञान हुनुपर्छ । राष्ट्रिय स्वाधिनताकाे विविध पक्षकाे बारेमा उसलाई जानकारी हुनुपर्छ । कानूनका नर्म्सहरू, संविधानकाे सुझबूझ र संविधानवादकाे न्युनतम अध्ययन उसले गरेकाे हुनुपर्छ । नेपाली राजनीतिकाे विकासक्रम उसलाई थाहा हुनुपर्छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिकाे ज्ञान हरेक सांसदले राख्नुपर्छ । नेपाली अर्थतन्त्रकाे मूल प्रवाहलाई उसले बुझेकाे हुनुपर्छ ।
जस्तै-संविधानले समाजवाद उन्मुख अर्थ व्यवस्थाकाे कुरा गरेकाे छ । अब अर्थ व्यवस्थालाई समाजवाद उन्मुख बनाउने मुख्य अभिभारा त सरकार र संसदकाे हाे । सांसदले समाजवाद नै बुझेन भने उसले संसदभित्र निर्वाह गर्ने भूमिका के हुन्छ ? त्याे भएर संविधानकाे एक एक शब्दकाे अर्थ हरेक सांसदले बझ्नुपर्दछ । याे एउटा सानाे उदाहरण मात्र हाे ।
तपाईं-हामीले देखेका छाैं नि कतिपय सांसद चाहे त्याे संघीय संसदमा हाेस् वा प्रादेशिक सांसदमा, पूरै कार्यकालमा एक शब्द बाेल्दैन । फुल टाइम हाउसमा उपस्थित रहन्छ, तर थप् थप् गरेर समर्थन गर्ने देखासिकी वा आफ्नाे दलका अन्य सांसदले 'हुन्छ' भन्दा हात उठाएकाे देखेमा आफू पनि हात उठाउने वा 'हुँदैन' भनेर आफ्ना पार्टीका सांसदहरूले हात उठाएमा आफू पनि हात उठाउने देखासिकी गर्छ । ऊ आफैँले 'हुन्छ'-'हुँदैन' काे मर्म बुझेकाे हुँदैन । यस्ता सांसदहरूकाे कुनै भूमिका हुँदैन । कतै सक्रिय रहँदैन । भ्रमणहरूमा थप भत्ता आउने भएकाेले उनीहरू देश वा विदेशकाे भ्रमणकाे ताकमा हुन्छन्, प्रमुख सचेतक र दलका नेताहरूकाे चाकडी गर्दछन् ।
कुनै पनि गैह्रसरकारी संस्थाकाे कार्यक्रम उनीहरूले छुटाउन खाेज्दैनन् किनकि राम्राे खाना, केही नगद भत्ता आदिकाे व्यवस्था हुने गर्दछ त्यहाँ । हाे, एउटा कुरा राम्राे पनि हुन्छ । त्याे के भने उनीहरू संसदकाे बैठकमा समयमा पुग्दछन् र पूरा पूरा समय संसदमा बसेका हुन्छन् किनकि अन्य गतिविधि नभएकाेले संसदकाे एसीमा बसेरै उनीहरूकाे रमाईलाे दिन बितेकाे हुन्छ ।
विधायिकी ज्ञान र उर्जा नभएका सांसदहरू आफ्नाे क्षेत्र र भूगाेलका समस्याहरूलाई पनि आवश्यक स्थानमा पुर्याउन सक्दैन र आवश्यक बजेट प्रवाह हुँदैन । फलस्वरूप सन्तुलित विकास हुँदैन । जनतामा निरासा उत्पन्न हुनपुग्दछ ।
मंसिर ४ मा संसदीय प्रणालीकाे गम्भीर मेला लाग्दैछ । यस मेलामा हरेक राजनीतिक दलले र नागरिकले संसदीय वा विधायिकी काम गर्नसक्ने र त्यसकाे ज्ञान राख्ने व्यक्तिलाई चयन गर्नुपर्छ । अन्यथा जनताकाे पाँच वर्ष खेर जाने हुनसक्छ । जनताले आफ्नाे प्रतिनिधि चयन गर्दा जसलाई भाेट हाल्ने हाे त्यसकाे व्यक्तित्वलाई माथि दर्शाइएका विशेषताहरूकाे कसाैटीमा जाेख्नुपर्छ । अनि मात्र ठाेस निर्णय लिएर ब्यालेट पेपरमा माेहर लगाउनुपर्छ ।
याे संसदीय/विधायिकी निर्वाचन हाे, स्थानीय निर्वाचन हाेइन । संसदमा कस्ताे व्यक्तिलाई पठाउँदा क्षेत्र, जिल्ला, प्रदेश र देशकाेलागि दुरगामी लाभ वा हानि हुन्छ भन्ने कुरा खुट्याउने राजनीतिक दलका शीर्ष नेताहरूकाे हातमा र अन्तिममा जनताकाे काेर्टमा पुग्दछ । अनि यसकाे अन्तिम फैसला गर्ने अधिकार जनतालाई मात्र छ ।
प्रजातान्त्रिक, बामपन्थी, राजवादी, मधेशवादी चार प्रमुख ध्रुवमा बाँडिन सकिने नेपाली राजनीति यति बेला दुईवटा बेमेल ध्रुवमा बाँडिएकाे छ । एकातिर प्रजातान्त्रिक-बामपन्थी-मधेशवादीहरूकाे बेमेल साैदाबाजीले देशकाे राजनीतिलाई प्रभावित गरिरहेकाे छ भने अर्काेतिर बामपन्थी-राजावादी-मधेशवादीहरूकाे बेमेल साझेदारी राजनीतिक माेलताेल भइरहेकाे छ । यस बेमेल गठबन्धनलाई गठबन्धनका घटकहरूले स्वयं पनि हजम गर्नसक्ने अवस्था छैन । तर, याे सबैकालागि आवश्यकता भने बनेकाे छ ।
छिमेकी मुलुक भारत विश्वकै सवभन्दा ठूलाे प्रजातान्त्रिक मुलुकमासमेत याे गठबन्धन-राजनीति माैलाएकाे बेला नेपालमा पनि बहुदलीय प्रणालीकाे विकासक्रममा गठबन्धन राजनीति माैलाउँदै गयाे । तर, इस्यू गठबन्धनकाे हाेइन, इस्यू बेमेल गठबन्धनकाे हाे । याे बेमेल गठबन्धनले वैचारिक आन्दाेलनलाई बिस्थापित गर्नै लागेकाे छ । समाजवादीहरू कतै पूँजीवादीहरूसँगकाे गठजाेरमा रमाउन बाध्य छन् भने कतै सामन्तवादीहरूकाे हुलमा बिलाएका छन् । यसले समुच्चै समाजवादी आन्दाेलनलाई नै तुहाउने स्थिति बनेकाे छ ।
पूँजीवादले समाजवादीहरूकाे बीचमा न्युट्रिशन पाइरहेका छन् । समाजवादीहरू आ-आफ्नै त्रुटिहरूकाे ढाकछाेप गर्दै एकअर्कालाई कमजाेर देखाउँदै रमाएका छन् । यस्ताे अवस्थामा पूँजीवाद न्यूट्रिशनाइज्ड कसरी हुँदैन ? बामपन्थी नेताहरू वैचारिक कुरा गर्न खप्पिस हुन्छन् । तर, यहाँ, यस बिन्दुमा बामपन्थी नेता र बामपन्थी बुद्धिजिवीहरू किन माैन छन् ? सबै कुरा संसदीय ताकत र सत्ता प्राप्ति त पक्कै पनि हाेइन ।
हाे, यस बेमेल गठजाेडले हरेक राजनीतिक दल बाहुबली भएका जनताकाे मत खरीद गर्नसक्ने उम्मेदवारहरूकाे खाेजी गर्दैछन् । यसले संसदकाे नर्म्ससम्म न बुझेका तर पैसाकाे खाेला बगाउनसक्ने नविन सामन्तीहरू पैदा गर्नेछ जसले सबै दलभित्र सामन्तवाद स्थापित हुँदै जानेछ । यी बाहुबलीहरूले विधायिक काम गर्ने कुनै कारण नै बन्दैन बरु ठेक्कापट्टा राजनीतिले जडाे गाड्दै लैजानेछ । गुण्डाराजलाई बढावा मिल्नेछ । संसदीय व्यवस्था, राजनीतिक दल र नेताहरूप्रति वितृष्णा पैदा गर्दै लैजाने छ ।
बहुदलीय प्रणालीमा ठुला राजनीतिक दलका नेताहरूप्रति जनता नकारात्मक हुनु के राम्राे हाे र ? जब नेताप्रति र राजनीतिक दलहरूप्रति जनताकाे विश्वास उठ्न थाल्छ तब लाेकतन्त्र र बहुदलीयवाद नै जाेखिमपूर्ण हुनसक्दछ । बालेन र हर्क कसरी जन्मे ? किन उनीहरू कुनै दलकाे चिन्हमा चुनाव लडेनन् । कसरी एकाएक अप्रत्यासित विजय हासिल गरे उनीहरूले ? हरेक राजनीतिक दल र तिनका नेताहरूले आफूसँग प्रश्न गर्नैपर्छ । कस्ता नेता जन्माए राजनीतिक दलहरूले ? कस्ता उम्मेदवारहरू खडा गरे ? के गरे ती विजयी भएका सांसदहरूले जनताकाे विकास र निर्माणकाे सन्दर्भमा ।
हाे, संसदकाे निर्वाचन हुँदैछ । राजनीतिक दल र जनताले सांसदकाे छनाैट गर्दैछन्, वडा सदस्य र वडाध्यक्षहरूकाे हाेइन । तसर्थ, बेमेलकाे गठजाेडलाई जाेगाउने नाममा गलत प्रतिनिधिकाे छनाैट कसैले गर्नु हुँदैन ।
0 प्रतिकृया