सुनिल शर्माजस्तो नेता पाउनु अहोभाग्यः प्रवासी नेपाली
पथरी, २८ कार्तिक । प्रवासी नेपालीले सुनिल शर्मालाई सहयोग गर्ने भएका छन् । मोरङको क्षेत्र नम्बर ३ मा स्थायी बसोबास गर्दै आएका र हाल प्रवासमा रहेकामध्ये केही मतदाता चुनावको लागि नेपाल आएका छन् ।
शर्माले जितेपछि प्रवासी नेपालीको सहकार्यमा क्षेत्र नम्बर ३ मा विकासका योजनामा अगाडि बढ्ने उनीहरुले बताएका छन् । ‘राजनीति आफ्नो ठाउँमा छ, समाजसेवा आफ्नो ठाउँमा छ’, नेपाली हातेमालो संस्थाका संस्थापक अध्यक्ष टेकबहादुर कटुवालले घरदैलो कार्यक्रमका बीच शर्मालाई भेटेर भने, ‘उहाँले आएर हाम्रो क्षेत्रमा उभिइदिनु भनेको हाम्रो अहोभाग्य हो । दीनदुःखीलाई उहाँले गरेको सहयोग सह्रानीय छ ।’
आफूले शर्मासँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको उनले बताए । क्षेत्र नं. ३ मा बाम लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका साझा उम्मेदवार डा. शर्मालाई जनताले अत्याधिक मतले जिताउने चर्चा छ । सोही क्षेत्रबाट एमालेका उम्मेदवार भानुभक्त ढकाल यो पटक पराजित हुने कांग्रेसको दावी छ ।
0 प्रतिकृया