Follow us:


Follow us

१६ माघ २०७९, सोमवार
१६ माघ २०७९, सोमवार


प्रतिनिधि सभामा निर्वाचित डा. सुनिल शर्मालाई केएमसीद्वारा सम्मान

एक्सन खबर
मंसिर, २०, २०७९


प्रतिनिधि सभामा निर्वाचित डा. सुनिल शर्मालाई केएमसीद्वारा सम्मान

काठमाडौं, २० मंसिर । मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा अध्याधिक मत सहित विजयी काठमाडौं मेडिकल कलेजका निवर्तमान अध्यक्ष डा. सुनिल शर्मालाई सम्मानीत गरिएको छ । केएमसीले आज एक कार्यक्रमका विच डा. शर्मालाई सम्मान गरेको हो ।

नेपाली कांग्रेसका डा. शर्मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना प्रत्यासी उम्मेदवार नेकपा एमालेका भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

केएमसीका तत्कालिन अध्यक्ष डा. शर्माले प्रतिनिधि सभामा निर्वाचित भए लगत्तै आफ्नो अध्यक्ष पदबाट राजीनामा दिएका थिए । डा. शर्मालाई आज आयोजित कार्यक्रममा केएमसीका प्रमुख, विभागीय प्रमुख, डाक्टर, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले सम्मान गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

सम्मानसँगै डा. शर्माले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न काम गर्ने बताए । विगत दुई दशकदेखि नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका डा. शर्माले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा आम जनताको पहुँच स्थापित गर्ने गरी काम गर्ने र सोहि अनुसार नीति र कानुन बनाउन सदनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।



















0 प्रतिकृया