Follow us:


Follow us

१९ असोज २०८१, शनिवार
१९ असोज २०८१, शनिवार


पाइल्स, फिस्टुला कसरी पूर्णरुपमा निको होला ? (भिडियाे सहित)

एक्सन खबर
भदौ, २८, २०८०


पाइल्स, फिस्टुला कसरी पूर्णरुपमा निको होला ? (भिडियाे सहित)

काठमाडौं, २८ भदौ । पाइल्स, फिस्टुला, फिसर सामान्य रोग ठान्नु गलत हो । समयमै पाइल्स, फिस्टुला र फिसरको उपचार हुन सकेन भने ठूलै समस्या निम्तने चिकित्सकहरुको दावी छ । खासगरी पाइल्स, फिस्टुला, फिसर अस्वस्थकर खानपानबाट बढी हुने गरेको छ ।

चिल्लो, पिरो, अत्याधिक माछा, मासु खाने, मदिरा पान गर्नेहरुलाई बढी नै  पाइल्स, फिस्टुला, फिसर हुने गर्दछ । पाइल्स, फिसर फिस्टुला हुन नदिन एक मात्र उपाय भनेकै स्वस्थ आहार विहार हो । पछिल्लो एक तथ्यांकले शहरी क्षेत्रमा ६० प्रतिशत बढी व्यक्तिहरु पाइल्स, फिसर फिस्टुलाबाट पिडीत रहेको देखिएका छन् ।

‘पाइल्स महिला र पुरुष दुवैलाई हुने गर्दछ । पाइल्स भनेको रगत जमेको डल्लो हो । रगतको नसाहरु फुलेको हो ।’ कालिमाटी स्थित इजी केयर स्वास्थ्य प्रा.लि.का सञ्चालक डाक्टर आसिफ अन्सारी भन्छन् ।

मलद्वारमा मासुको डल्ला पलाउनु, दिसा बस्दा मासुको डल्लो बाहिर निस्कनु, दिसासँगै रगत जानु, दिसा बस्दा मलद्वार पोल्नु पाइल्सका लक्षणहरु हुन् । कब्जियत हुने, दिसा राम्ररी नलाग्ने, ग्याँस्टिक भएका तथा बढी मात्रामा माछामासु खाइरहने व्यक्तिहरुलाई पाइल्स, फिस्टुला हुने संभावना बढी हुने गर्दछ ।

पायल्स हुन नदिन खानपानमा मुख्य ध्यान दिनुपर्छ । पानी प्रसस्त पिउने, झोल कुरा खाने, सागसब्जी, गाजर मुला जस्ता फाइबरयुक्त खानाहरु बढी खानुपर्छ । माछामासु तथा मरमसला युक्त चिल्लो पिरो खाना खानु हुँदैन । शौचालयमा घटौं मोवाइल खेलाएर बस्दा मलद्वारमा बढी प्रेसर पर्दा पनि पाइल्स, फिस्टुला हुन सक्छ ।



पाइल्सकाे कसरी उपचार हुन्छ ?

पाइल्स, फिस्टुलाको आयुर्वेदिक, एलोपेथिक, लेजर र होमियोपेथिक विधिबाट उपचार गरिन्छ । एलोपेथिक विधिमा अप्रेसरद्वारा पाइल्स, फिस्टुला भएको ठाउँको मासुको डल्लो काटेर निकालिन्छ । तर, यसबाट पाइल्स र फिस्टुला पूर्ण रुपले निको भएको पाईदैन । मलद्वारमा पाइल्स, फिस्टुलाको जरा बाँकी नै रहने भएकाले पछि पुनः पलाउन सक्छ ।

दोश्रो उपचार विधि हो क्षार सुत्र । यसमा विशेष प्रकारको धागोमा एसिड लगाई पाइल्सलाई बाँधेर काटेर सफा गर्ने गरिन्छ । यस विधिबाट पाइल्स फिस्टुला पुरै निको हुन नसके पनि अप्रेसन गर्नुभन्दा सहज छ ।

पाइल्स, फिस्टुलाको उपचारमा पछिल्लो समय चलनमा आएको एलोपेथिक पद्दतिकाे स्क्लेरोथेरापी भने बढी प्रभावकारी देखिएको छ । यसमा पाइल्स, फिस्टुलाको जरैमा औषधी राखेर उपचार गरिन्छ । ‘हामी पाइल्स फिस्टुलाको जरैदेखि उपचार गर्छौं । यसकालागि पहिले पाइल्स फिस्टुला कहाँसम्म छ ? कहिले देखि भएको हो ? पत्ता लगाउँछौं ।’ यसरी पाइल्सको जरैमा औषधी राखेर २ देखि ६ हप्तासम्मको उपचारमा पाइल्स, फिस्टुलाबाट सदाका लागि मुक्ति मिल्ने डा. अन्सारीकाे दावी छ ।

उनका अनुसार यो विधिमा उपचार गर्दा बिरामी अस्पतालमा भर्ना भएर बस्नु पर्दैन । १० देखि १५ मिनेटभित्र पाइल्स, फिस्टुला भएको स्थानमा औषधी राखेर बिरामीलाई घर पठाइन्छ । बिरामीलाई कुनैपनि दुखाई महशुष हुँदैन । ‘हामी कहाँ किशोर देखि ९१ वर्षको बृद्धसम्म आउनु भएको छ । सबैको सफल उपचार गरिरहेका छौं । यो उपचारको नत साइड इफेक्ट छ, नत लामो समयसम्म रेस्ट गर्नु नै पर्छ । उपचार थालेको दिनबाटै बिरामी दैनिक काम काजमा फर्किन सक्छन् ।’ डा. अन्सारी भन्छन् ।

आजकल लेजर विधिबाट पनि पाइल्स, फिस्टुलाको उपचार हुने गरेको छ । यसमा लेजर इन प्रोक्टोलोजीबाट पाइल्स, फिस्टुलाको अप्रेसन गरिन्छ । यो विधिबाट अप्रेसन गर्दा चिरेर गरिने अप्रेसन जस्तो अस्पतालमा भर्ना भएर बस्नु चैं पर्दैन । तथापि, याे विधिबाट पाइल्स, फिस्टुला जरैदेखि निकाे हुन्छ भन्नेमा शंसय छ ।  

के खाने के नखाने ?

पाइल्स, फिस्टुला, फिसरबाट बच्न तथा भएकाले खानपानमा विशेष ध्यान दिनैपर्छ । तेलमा तारेका माछा, मासु, अण्डा, तारेको खाना, मैदाको परिकार, अदुवा, मरिच, रक्सी, चुरोट, अम्बा, अनार, आँप, काँचो केरा, चिउरा, कफी, कोल्ड ड्रिङ्क लगायत कब्जियत गराउने खानेकुरा खानु हुँदैन ।

यसका अलावा फाइबरयुक्त खानामा विशेष जोड दिनुपर्छ । हरियो सागपात, फलफूल, सलाद, दूध, मही, झोलिलो खानेकुरा, काँक्रो, मूला र गाँजर जस्ता रेसादार खानेकुरा खानुपर्छ । पानी प्रसस्त पिउने गर्नुपर्छ ।

पाइल्स फिस्टुला अधिकांशको समस्या भएपनि जनचेतनाको कमीले उपचार गर्न कमै आइरहेका छन् । पायल्सको उपचार गर्नु हुँदैन, झन बढ्छ भन्ने भ्रमसँगै लजाएर कसैलाई नभन्ने गरिन्छ । ‘रोग लागेपछि लुकाउनु हुँदैन । पाइल्स, फिस्टुला हो होइन चिकित्सकसँग परामर्श लिनुस । उपचार गरेपछि सधैंभर खानपान बारेर हिँडिरहनु पर्दैन ।’ डा. आसिफ अन्सारी भन्छन् ।

इजी केयर स्वास्थ्य सेवा प्रा.लि. कालिमाटीले पाइल्स, फिस्टुला, फिसरको पूर्णरुपमा निको बनाउने गरेको छ । जटिल तथा जतिसुकै पुरानो पाइल्स, फिस्टुला भएपनि विना अप्रेसन इजी केयरले निको पार्ने स्वयं बिरामीहरुको दावी छ ।













0 प्रतिकृया