Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद (भिडियोसहित)

एक्सन खबर
असोज, २९, २०८१




मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद (भिडियोसहित)

काठमाडौं। अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । 

भिडियो सञ्जय सेन्चुरीको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ‘बाबा फिल्म प्राेडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ । गीतमा शब्द पुष्प लम्सालको रहेको छ । गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन् । भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । 

हेर्नुहाेस् भिडियाे 














0 प्रतिकृया