Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


काभ्रेको सुनथानमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २८, २०८१




काभ्रेको सुनथानमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । सांसद सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काभ्रेको सुनथानमा ५६८ जना लाभान्वित भएका छन् । सहयात्रा देवीस्थान सहकारी संस्थासँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका दक्ष चिकित्सकहरुले ५६८ जनाको स्वास्थ्य परीक्षण गरेका हुन् । 

निःशुल्क स्वास्थ्य शिविरमा ७८ जनाको भिडियो एक्सरे, ७४ जनाको इसिजी, ८६ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा १८ जनाको दाँत खोलिएको छ भने, २६ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । 

मोरङ क्षेत्र नं. ३ का सांसद डाक्टर सुनिल शर्माले आम सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निःशुल्क स्वास्थ्य शिविर चलाई रहनु भएको छ । उहाँको अभियानबाट देशभरका लाखौं गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिक लाभान्वित भइसकेका छन् ।















0 प्रतिकृया