Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


आलोचना होइन, आत्मालोचना गर्नुपर्छः एमाले नेतृ भगबती चाैधरी

एक्सन खबर
कार्तिक, १, २०८२


आलोचना होइन, आत्मालोचना गर्नुपर्छः एमाले नेतृ भगबती चाैधरी

काठमाडाैं । नेकपा (एमाले) काे जारी केन्द्रीय समितिकाे दशौं बैठकमा एमाले नेतृ भगबती चौधरीले पछिल्लो समय देखिएको परिस्थितिको पार्टीभित्र आलोचना नभई आत्मालोचना गर्नुपर्ने बताउनु भएकाे छ । एमालेको केन्द्रीय समितिको दशौं बैठकमा बोल्दै नेतृ चौधरीले पार्टीभित्र आवाजहरु दबाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनु भयाे ।बिहीबारकाे बैठकमा बाेल्दै नेतृ चाैधरीले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरण अपरिहार्य रहेकाे जनाउँदै जेन-जीलाइ समेटेर अगाडी बढ्नु पर्ने पनि बताउनु भयाे । 

‘एमाले भित्र विवेक छ, तर आवाज दबिएको छ । निषेधको राजनीति, आत्मकेन्द्रित सोच र हालीमुहालीको संस्कृतिले कार्यकर्तामा निराशा ल्याएको छ । हामीले आलोचना होइन, आत्मालोचना गर्नुपर्छ । गल्ती ढाकछोप गर्ने परिपाटी अब बन्द गर्नुपर्छ ।’ चाैधरीले भन्नुभयाे । 

पार्टीका इमानदार र कर्मठ नेताहरूलाई अग्रभागमा ल्याउने समय आएको बताउँदै नेतृ चौधरीले त्यसका लागि समावेशीतालाई समेत ख्याल गरिनुपर्ने उल्लेख गर्नुभयाे । ‘एमालेको आत्मा समावेशितामा बस्छ । त्यसैले निर्णय तहदेखि तल्लो संरचनासम्म सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित हुनुपर्छ ।’ नेकपा एमालेनै मुलुककाे निर्णायक शक्ति र समृद्धिकाे बाहक भएकाे भन्दै चाैधरीले महाधिवेशनकाे मिति तय भइसकेकाे अवस्थामा नेतृत्व परिवर्तनकाे विषय अहिले नै चर्काउन नहुने पनि बताउनु भयाे । 

उहाँले पार्टी र राज्य सत्ता सञ्चालनको महत्वपूर्ण पदमा रहँदा नेताहरू निर्विवाद हुनुपर्ने उल्लेख गर्दै  गल्ती र विवादमा आउनेहरूलाई ढाकछोप र संरक्षण गर्ने चलन बन्द गरिनुपर्ने बताउनु भयाे । ‘राम्रो कामको संप्रेषित गर्नु पर्दछ भन्ने गल्ति कमिकमजोरी आलोचना आत्मा आलोचना गरिनु पर्दछ ।’ चाैधरीले भन्नुभयाे । 

चाैधरीले जेन–जी आन्दोलनले देश मात्रै होइन, पार्टीमा समेत परिवर्तन चाहेको बताउँदै  नयाँ अनुहार पार्टीमा अघि सार्नुपर्ने र चुनावमा गएर ताजा जनादेश लिनुपर्ने पनि बताउनु भयाे । सुनसरी–३ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी चौधरीकाे भनाइ छ, ‘जेन–जी आन्दोलनको सन्देश स्पष्ट छ–जनताले नयाँ अनुहार, नयाँ सोच र नयाँ आशा खोजिरहेका छन् । त्यो मागको जवाफ सडकमा होइन, मतपेटिकामा दिनुपर्छ । त्यसैले एमाले चुनावमै जानुपर्छ ।’

साथै उहाँले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जिली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दै आन्दोलनमा आफू स्वयम् पीडित बनेको पनि जिकीर गर्नुभयाे । लघुवित्त मार्फत ग्रामिण क्षेत्रमा रहेका महिलालाई आर्थिक स्वालम्बनतर्फ अग्रसर गराउन सक्रिय चौधरीले युवालाई स्वरोजगार दिन खोलिएको फरवार्ड सुपरमार्केट समेत आन्दोलनकारीले लुटपाट, आगजनी र तोडफोड गरेको जानकारी दिँदै लुटपाट र ताेडफाेडकाे जाहेरी सुरक्षा प्रशासन समक्ष दिँदा पनि साथ नपाएकाे बताउनु भयाे । जाहेरी लिन पनि आदेशको प्रतिक्षा गरिएको बताउँदै उहाँले भन्नुभयाे, ‘यो न्याय होइन, निष्ठुरता हो ।’  जेन–जी आन्दोलनका क्रममा पीडित बनेका जनता, पार्टीका नेता कार्यकर्ताको क्षतिपूर्ति र भरोसा दिलाउन पार्टीमा हेल्प डेस्क समेत सञ्चालनमा ल्याउनुपर्ने माग पनि गर्नुभयाे । 

हेर्नुहाेस्, एमाले केन्द्रीय सदस्य चाैधरीकाे मन्तव्यः

२०८२/०६/३० गते दशौं केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन…!
नेकपा एमालेका श्रद्धेय अध्यक्ष, पदाधिकारी नेता कमरेडहरु तथा सहयोद्धा केन्द्रीय कमिटीका सम्पूर्ण कमरेडहरु,
# २०८२ भाद्र २३(२४ गते जेन-जी युवाहरूको आन्दोलनमा ज्यान गुमाउनु हुने युवाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
# Gen-Z युवाहरुमा नैराश्यता (Despair) को विष्फोट (Explosion) हो सामाजिक संजालको ब्राण्ड एउटा कडी मात्र थियो । जेन्जी भन्छन् ।
The cries of the people that went unheard for too long…
# यतिबेला देश राजनीतिक, सामाजिक, आर्थिक रूपमा गम्भीर तरहले संकटोन्मुख रहेको हामी सबैलाई विदितै भएको कुरा हो । नेकपा एमाले जस्तो गौरबशाली पार्टी मुलुकको यस विषम परिस्थितिमा मुकदर्शक भएर बस्न कदापि दिँदैन ।
# भदौ २३ गते भएको जेन-जी युवाहरूले सामाजिक सञ्जाल बन्द फुकुवा, भ्रष्टाचार नियन्त्रण र सुशासित सरकारको माग गरेर गर्नु भएको शान्तिपूर्ण प्रदर्शन अन्यथा थिएन । तर, जेन-जीको आन्दोलनलाई विध्वंशात्मक बनाइयो । आन्दोलनमा देशी विदेशी सड्यन्त्रकारीहरूको घुसपैठ भयो । इतिहासमा यो घटनाका प्रत्येक सड्यन्त्रका योजनाहरू आउँदा दिनहरूमा क्रमशः खुल्दै जालान् र खुल्नु पनि पर्दछ ।
# जेन-जीको आन्दोलनलाई प्रयोग गरेर जुन प्रकारले राज्य संञ्चालनका अंगहरू ध्वस्त पार्ने जुन काम भयो । संघीय देखि प्रदेशका संसद भवन, राज्य सञ्चालनको प्रमुख निकाय सिंहदरबारसँगै सर्वोच्च अदालत र मुलुकका प्रशासनिक भवन तथा नीजि व्यापारिक सम्पत्तिमा समेत लुटपाट आगजनी हुनु कुनै पनि दृष्टिकोणले आन्दोलनको स्वरूप हैन ।
# मेरो निर्वाचन क्षेत्र, सुनसरीमा मैले स्वरोजगार, उद्मशीलता, आत्मनिर्भरता बढाउन फरवार्ड सुपरमार्केट सञ्चालन गरेका थियौं । जेन-जी आन्दोलनको नाममा सुपरमार्केट लुटियो, तोडफोड भयो । एकाध घन्टामा ४ करोड भन्दा बढीको क्षति भयो । सुरक्षा निकायलाई पटकपटक सुरक्षा दिन माग गर्दा कसैले सुनेनन् । लुटपाटमा संलग्नलाई कानूनी कार्यवाही गर्न प्रर्याप्त प्रमाणहरू पेश गर्दा पनि प्रहरी प्रशासनिक निकायहरु किटानी जाहेरी लिएका छैनन् माथिको आदेश पछि जाहेरी लिउँला भन्नुको तात्पर्य के हो ?
# यस्तै, त्यस विषम् परिस्थितिमा पार्टीले ‘क्षतिपूर्ति रिपोर्टिङ डेस्क’ जस्तो खड़ा गरेर कहाँ कुन नेता, कार्यकर्ता र पार्टी कार्यालयको कति क्षति भयो यकिन गर्नु पर्दथ्यो । त्रास र पिडामा रहेका नेता कार्यकर्ताहरुलाई सान्त्वना दिनका लागि भएपनि सम्पर्क गर्नुपर्दथ्यो । पछि कार्यालयको बैठक भयो थाहा पायौं तर हामीले जानकारी पाएनौ ।
# जेन-जी आन्दोलनको मौकामा देशभरबाट अझैपनि ५५४७ कैदीहरू फरार छन्, २ हजार भन्दा बढी हतियार र लाखौं गोली गठ्ठा लुटिएको छ । यसले नागरिकको सुरक्षामा गम्भिर चुनौति थपिएको छ । यस विषयमा बर्तमान सरकारको दृष्टी पर्न सकेको छैन ।
# कुनैपनि सचेत नेपाली जागरिक, जेन-जी युवाहरूको सोच र विचार मुलुक विध्वंश मच्चाउने कदापी हुन सक्दैन । तसर्थ, भदौ २३ गते र २४ गते विभिन्न समुह देशी विदेशी घुषपैठले जुन प्रकारले मुलुकमा विध्वंस मच्चाइयो यो अत्यन्त, खेदजनक, आपत्तिजनक छ ।
# कमरेडहरू,
यतिबेला देशसंगै हाम्रो पार्टी नेकपा एमाले गम्भिर मोडमा उभिएको छ । पार्टी कसरी अगाडी बढ्छ, हाम्रो रोडम्याप के हो ? यो नेकपा एमाले भित्र समाहित हुनु भएका लाखौं कमरेडहरूको मात्र हैन, प्रत्येक नेपालीले सोधिरहेका प्रश्न हो ।
# पक्कैपनि हामीभित्र कमजोरी हरू नभएका हैनन् । पार्टी भित्रको आन्तरिक लोकतन्त्र अति कमजोर छ, देश र जनताको बीचमा रहेर राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौमिकता, आर्थिक समृद्धि र सुशासनका सवालमा काम गर्दागर्दै पनि कतिपय अवस्थामा नेतृत्वले जनपक्षीय र जनचाहना अनुरूपको काम गर्नेहरूको सहि मुल्यांकन गर्न विवेक नपुर्याउँदा तथा निषेधको राजनीति गर्दा इमान्दार र कर्मठ नेता कार्यकर्ताहरूमा निराशा छाएको छ ।
# तर, जसरी प्रत्येक विहानीले नयाँ आशा र उमंग सहित सुनौलो किरण बोकेर ल्याए जस्तै नेकपा एमालेले अघि सारेका सिद्धान्त, नीति तथा कार्यक्रमा मुलुकको उज्वल भविष्य जोडिएको छ । त्यसलाई मुर्तरूप दिनका लागि नेकपा एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद, लोकतन्त्र, समाजवाद, संघीयता, समावेशिता र आर्थिक समृद्धिका कार्यहरू कार्यान्वयनमा हाम्रो जोड रहनु पर्दछ ।
# तर, केन्द्रीय कमिटिको यो फ्लोरमा हामीले भन्नै पर्दछ कि, नेतृत्वमा ज़िम्मेवारी पाएका ईञ्चार्जसीपहरु आफ्नो मात्र हाली मुहालीको डन्डा चलाउनाले पार्टी भित्र चरम गुनासो छ । यसलाई जरैदेखि समाप्त पार्नुपर्छ । यसका लागि स्थानीय, क्षेत्रका हरेक तहबाट समावेशी रूपमा प्रतिनिधित्व गराउनु पर्छ ।
# यस्तैगरी, नेकपा एमालेको नेतृत्वको सवालमा महाधिवेशनको मिति तोकिइ सकेकोले, के हुन्छ त्यसमा जानु पर्दछ त्यसैलाई स्वीकार्नु पर्दछ । कसले नेतृत्व गर्ने, कसरी गर्ने, विधि सम्वत्, सर्वसम्मत अगाडी बढ्दा पार्टीभित्रको लोकतन्त्र मात्र सुदृढ हुँदैन, नेकपा एमालेलाई मुलुकको पहिलो निर्णायक शक्ति बनाउन पनि टेवा पुग्छ ।
# मैले यसो भन्दै गर्दा पार्टीको पुनर्संरचना हुनैपर्दछ । पार्टी र राज्य सत्ता सञ्चालनको महत्वपूर्ण पदमा रहँदा नेताहरू निर्विवाद हुनैपर्छ । गल्ती र विवादमा आउनेहरूलाई पार्टीले ढाकछोपको चलन बन्द गरिनु पर्दछ र संरक्षण गर्नु गलत हो । राम्रो कामको संप्रेषित गर्नु पर्दछ भन्ने गल्ति कमिकमजोरी आलोचना आत्मा आलोचना गरिनु पर्दछ ।
# पार्टीभित्रका हरेक तह र तप्कामा समावेशिता अपनाइनु पर्छ । जातिय, क्षेत्रीय, लिङ्गिय समावेशिता अपनाइनु पर्छ । संबैधानिक रुपमा व्यवस्था अनुरूप पोर्टफ़ोलियोहरुमा सहभागिता हुनु पर्दछ ।
कमरेडहरू,
# अहिले नेकपा एमाले चुनाबमा जान्छ कि जाँदैन भन्ने शंसय भइरहेको परिस्थितिमा मेरो विचारमा सरकारले शान्ति सू-व्यवस्थापन गर्न सक्दा चुनावमा भाग लिनु पर्दछ । यद्धपि म एक प्रतिनिधि सभा सदस्य सुनसरी जिल्लाको ३ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधि भएतापनि, संविधान सम्बत छ छैन अभियोजन हुंदै जाला ।
तथापि पनि जेन-जीहरूको आन्दोलन पछिको माग र जेन्जीले बनाएको सरकारको घोषणा चुनाव नै हो । सो जेन-जी युवाहरूको मागको संबोधनको लागि भए पनि चुनाव मैं जानु पर्दछ ।
धन्यवाद…!
भगबती चौधरी,
केन्द्रीय सदस्य नेकपा(ऐमाले)












0 प्रतिकृया