Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


धरानमा एकै दिन तीन स्थानमा धारिलाे हतियार प्रहारबाट पाँच घाइते

एक्सन खबर
असार, ३०, २०७९




धरानमा एकै दिन तीन स्थानमा धारिलाे हतियार प्रहारबाट पाँच घाइते

धरान, ३० असार । धरानमा आज एकै दिन छुट्टाछुट्टै स्थानमा धारिलो हतियार प्रहारबाट ५ जना घाइते भएका छन् ।

धरान–१६ जोरसखुवामा बिहिवार साँझ ७ बजे धरान–१७ घर भई सियाेन स्कुल नजिक डेरा गरि बस्ने टिकाराम राई साथीहरु सँग काेठामा चिया खाईरहेको बेला एक्कासी तीन चार जनाको समुहले धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् ।

उक्त घटनामा अन्य २ जना समेत घाईते भएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । घाइते हुनेहरुमा धरान–१६ कै ३१ बर्षका प्रदिप लिम्बू र धरान–९ का ३८ बर्षका टिका गुरुङ रहेका छन् ।

घटनामा टिकाराम राईको बायाँ कानको बिच भाग काटिएको छ भने प्रदिप लिम्बुको दायाँ छातीको तल्लो भाग र टिका गुरुङको दुबै हात र टाउकोमा काटिएको छ । उनीहरु सबैको धरानकै वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।

त्यसै गरि धरान–१६ मै नौलो बस्तीका २५ बर्षका अर्जुन तामाङलाई समेत घरमा नै आई चिनेकै ब्यक्तिले धरिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उता धरान–२० कार्किछापमा आफ्नै सालो तुलमान तामाङले भिनाजु बिर बहादुर तामाङलाई खुकुरी प्रहार गरि घम्भिर घाइते बनाएका छन् ।

एलानी जग्गाको पुर्जा छ कि छैन भन्दै सालोले भिनाजुलाई लालपुर्जा माग्दा भिनाजुले आफुसँग नभएको बताएपछि सोही क्रममा विवाद हुँदा सालोले भिनाजु लाई खुकुरी प्रहार गर्दा भिनाजु गम्भिर घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट वीर बहादुरको शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको पनि वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया