Follow us:


Follow us

२४ असोज २०८३, शनिवार
२४ असोज २०८३, शनिवार


नेपाली कांग्रेसकाे सभापतिमा गगन थापा भारी मतका साथ निर्वाचित

एक्सन खबर
असोज, २४, २०८३


नेपाली कांग्रेसकाे सभापतिमा गगन थापा भारी मतका साथ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा भारी मतका साथ निर्वाचित भएका छन् । कुल खसेको मत ७ हजार ३९ मतकाे आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा एक मात्र प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाप्त गरेका छन् । मतदानमा ५४ मत बदर भएको थियो । महाधिवेशनमा ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । 

अन्य पदाधिकारीहरूको मतगणना गर्न बाँकी छ । सभापतिबाहेकका पदाधिकारीहरूको मतपेटिका पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै सुरु गर्ने तयारी छ । पदाधिकारीका सबै उम्मेदवारसँग निर्वाचन समितिले बैठक गरी दिउँसोबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो । 














0 प्रतिकृया