Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. अरुण सायमी केएमसीमा आबद्ध

एक्सन खबर
असार, २६, २०८०




प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. अरुण सायमी केएमसीमा आबद्ध

काठमाडौं, २६ असार । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी काठमाडौं मेडिकल कलेजमा आबद्ध भएका छन् । ४ दशकदेखि चिकित्सकीय सेवामा समर्पित डा. सायमीले साउन १ गतेदेखि सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा सेवा दिने भएका हुन् ।

शहिद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रुपमा सेवा दिने केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

‘साउन १ गतेदेखि प्रसिद्ध मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले केएमसीमा सेवा दिँदै हुनुहुन्छ । केएमसीमा मुटु रोगीहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उहाँलाई नियुक्त गरेका हौं ।’ डा. सायमी आएसँगै केएमसीले कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने दाहालले जानकारी दिँदै भने ।

नेपालका अनुभबी मुटु रोग विशेषज्ञ चिकित्सकहरु मध्येका एक चिकित्सकका रुपमा लामो समयदेखि कार्यरत डा. सायमीले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरुलाई अध्यापनसमेत गराउँदै आएका थिए । डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव छ ।

महाराजगञ्ज शिक्षण अस्पतालको जनरल मेडिसिन विभागको प्राध्यापक रहिसकेका डा. सायमी सूप्रवल जनसेवा श्री पदकबाट विभुषित छन् । भारतको जलपापुर मेडिकल कलेजबाट एमविविएस गरी इन्टिच्युट अफ कार्डियोभास्कुलर डिजिज, बंगलादेशबाट एमडी गरेका डा. सायमीले स्वास्थ्य अनुसन्धान सम्बन्धी करिब एक दर्जन खोज अनुसन्धान प्रकाशन गरेका छन् ।

मनमोहन कार्डियोथेराटिक्स भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरका संस्थापक बोर्ड अध्यक्षसमेत रहिसकेका डा. सायमीसँग चिकित्सा शाष्त्र अध्ययन संस्थानको डीन, कार्डिक सोसाइटी अफ नेपालको अध्यक्ष, सार्क कार्डिक सोसाइटीको महासचिव, एसियन प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीको उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

समाजसेवा र स्वास्थ्य सेवालाई एक साथै अगाडी बढाउँदै राजनीतिमा सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीकाे नेतृत्व संहाले पछि त्यहाँकाे स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएकाे छ । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनकाे साेच र उद्देश्य अनुसार केएमसीलाई मुलुककै नमूना स्वास्थ्य संस्था बनाउने काम भइरहेकाे छ । साेहि अनुसार बरिष्ठ चिकित्सकसँगै नविनतम स्वास्थ्य प्रविधिहरू भित्र्याइएकाे केएमसीकी कार्यकारी अध्यक्ष साेयना शर्माले जानकारी दिइन् ।













0 प्रतिकृया