Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


गण्डकी प्रदेशमा ६० औं इन्जिनियर दिवस सप्ताहव्यापी रूपमा मनाईंदै

एक्सन खबर
असार, ३०, २०७९




गण्डकी प्रदेशमा ६० औं इन्जिनियर दिवस सप्ताहव्यापी रूपमा मनाईंदै

पाेखरा, ३० असार । नेपाल इन्जिनियर्स एशाेसिएसन गण्डकी प्रदेशले ६० औं इन्जिनियर दिवस सप्ताहव्यापी रूपमा मनाईरहेको छ । एशाेसिएसनले स्याङजा पुतलीबजारस्थित शीलता माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै दिवस मनाउन सुरु गरेको हाे ।

गण्डकी प्रदेशका अध्यक्ष बृजेन्द्र केसीको अध्यक्षतामा भएको शैक्षिक सामग्री हस्तान्तरण सभामा पुनपा ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार कार्कीले एशाेसिएसनले उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा एनइएका केन्द्रीय सदस्य ई. सागर भट्टराई, नेपाली कांग्रेसका महासमिति सदस्य ई. अनुप श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक चिरन्जीवी लम्साल, एसिएन पेन्ट्स गण्डकी प्रदेश इन्चार्ज जीवन अधिकारी लगायतले बोलेका थिए ।
सचिव ई. अन्जन थापाको सञ्चालनमा रहेको शैक्षिक सामग्री हस्तान्तरण सभामा एशाेसिएसनका उपसभापति ई. सन्तोष जिसीले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रम संयोजक अस्मिता खनालले जानकारी दिइन् ।

१ सय ३१ जना विद्यार्थी रहेको विद्यालयमा एशाेसिएसनले ४० दर्जन कपी, पेन्सिल, इरेजर र कटर वितरण गरेको थियो । भने, स्यानीटरी प्याड दुइ सय थान र ६० लिटर एसियन पेन्ट्स प्रदान गरेको सदस्य ई.विश्वास आचार्यले जानकारी दिए ।

एशाेसिएसनले इन्जिनियर समुदायबीच भाइचाराको विकास गराउने उद्देश्यले फुटसल प्रतियाेगिता, खुल्ला रक्तदान कार्यक्रम, वेदविद्याश्रममा खाद्यान्न वितरण, सरसफाई तथा प्रभातफेरी गर्दै साउन ३ गतेका दिन टेक्निकल कार्यपत्र प्रस्तुत गरेर दिवस मनाउन लागेको गण्डकी प्रदेशका सभापति बृजेन्द्र केसीले बताए ।

शैक्षिक सामग्री हस्तान्तरण सभामा पौवेगौडेस्थित ऐतिहासिक स्थल नुवाकोटको विकासको लागि आवश्यक डिपिआर तयार गर्न गण्डकी प्रदेश समिति तयार भएको अध्यक्ष केसीले बताए  ।













0 प्रतिकृया