नेकका विद्यार्थीहरुले बनाए ‘स्मार्ट डस्टविन’
एक्सन खबर
काठमाडाैं, ३० असार । चाँगुनारायण भक्तपुरमा रहेकाे नेपाल इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा अध्यनरत अन्तिम सेमेस्टरका विद्यार्थीहरुले ‘स्मार्ट डस्टविन’ बनाएका छन् । आफ्नो प्रोजेक्टको रुपमा विभिन्न सिर्जनात्मक मोडेलहरु प्रस्तुत गर्ने क्रममा विद्यार्थीहरूले ‘स्मार्ट डस्टविन’ तयार पारेका हुन् ।
बढ्दो पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै इलेक्ट्रिक गाडीको माग र प्रयोग बढिरहेको बेला, छोटो समयमा चार्ज गर्न सकिने डीसी फास्ट चार्जिङ, फोहोरमैला व्यवस्थापनमा प्रयोग गरिने आइ.वो. टि. स्मार्ट डस्टविन, होम अटोमेसन लगायत विभिन्न इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सँग सबन्धित दश मोडेल विद्यार्थीहरूले प्रस्तुत गरेका थिए ।
सैद्धान्तिक ज्ञानलाई प्रयोग गरि व्यवहारिक समस्याको समाधानको लागि विज्ञको सल्लाह र सुझाव लिएर रिसर्च गर्न सफल भएकोमा बिद्यार्थीहरु खुशी देखिन्थे । नेकले सैद्धान्तिक ज्ञानलाई प्रयाेगात्मक विधीमा रूपान्तरण गरि विद्यार्थीकाे क्षमतालाई उजागर गर्नका लागि यस्ता कार्यक्रमहरू समयसमयमा गर्ने गरेकाे छ ।
कोरोनाको कठिन समयमा पनि रोबोर्ट बनाएर टेकू अस्पताललाई हस्तान्तरण गरेको स्मरण गर्दै विद्यार्थीहरुको कडा परिश्रम लगनशिलता र शृजनशीलताले छोटो समयमा पनि प्रोजेक्ट पुरा गर्न सकिएको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका प्रोजेक्ट काेअर्डिनेटर इञ्जिनियर यमकृष्ण पौडेलले बताए । ‘इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सकाे अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले स्मार्ट डस्टविनसँगै १० वटा माेडलहरू बनाएका हुन् ।’ पाैडेलले भने ।
सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भइ सञ्चालित कलेजमा इन्जिनियरिङ विधाका ६ वटा विषयहरूमा स्नातक, स्नातकाेत्तर तथा मास्टर्स सम्मकाे अध्ययन अध्यापन हुने गरेकाे छ ।
0 प्रतिकृया