Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


मन्त्री भगबती चौधरीको पहलमा बर्जुका आगलागी पिडितलाई राहत वितरण

एक्सन खबर
चैत, ६, २०८०


मन्त्री भगबती चौधरीको पहलमा बर्जुका आगलागी पिडितलाई राहत वितरण

सुनसरी । बर्जु गाउँपालिका वडा नं. ४ का आगलागी पिडितका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको छ । युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रममा भाग लिन अमेरिका पुग्नु भएको मन्त्री चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटीले आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीले आगलागीबाट पिडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरेको रेडक्रस सुनसरी सभापति उमेश थापाले जानकारी दिए । आइतबार दिउसो ३ बजे बर्जु वडा नं. ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट १६ घर परिवारका ८५ जनाभन्दा बढी प्रभावित बनेका छन् ।

रेडक्रसले पिडित प्रति परिवारलाई ११ थान आवश्यक राहत सामग्री वितरण गरेको छ । वितरण गरिएको सामग्रीहरुमा कम्बल, बाल्टी, भाडा सेट, डोरी, झुल, म्याट, त्रिपाल, प्लेन कपडा लगायत रहेका छन् । राहत वितरण रेडक्रस सभापति थापा, कोशी प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिकाकी उपमेयर नितुकुमारी चौधरी लगायतले वितरण गरेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रका जनता आगलागीबाट पिडित भएको खबर सुन्ने वित्तिकै महिला बालबालिका मन्त्री चौधरीले आफ्ना सचिबालयका सदस्यहरुलाई तत्काल राहत, पुर्नस्थापना र उद्दारकालागि सम्बन्धीत निकायहरुसँग समन्वय गर्न निर्देशन दिनुभएको थियो । सोही मुताविक मन्त्री चौधरीको सचिवालयले रेडक्रस, जिल्ला प्रशासन, स्थानीय तहसँग समन्वय गरी तत्काल राहत उपलब्ध गराउन पहल गरेका थिए ।

मन्त्री चौधरीको सचिवालयले पिडित परिवारलाई पुर्नस्थापनाका लागि विभिन्न संघ, संस्थाहरुसँग समन्वय भइरहेको समेत जानकारी दिएको छ । मन्त्री चौधरीको स्वदेश फर्किए सँगै पिडितहरुको पुर्नबास व्यवस्थापनमा अल्पकालिन र दिर्घकालिन योजना बनाइने बताइएको छ । उहाँ २१ मार्च स्वदेश फर्कने कार्यतालिका रहेको छ ।  

स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट सबै घर पूर्णरुपमा जलेको सितागन्ज ईलाका प्रहरी कार्यालयका प्रहरी ईन्चाज प्रेम बहादुर राउतले जानकारी दिएका छन् । बस्तीमा भएको आगलागीलाई सितागन्ज ईलाका प्रहरी कार्यालयको टोली विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।
a















0 प्रतिकृया