Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


सरकारको नयाँ निर्णय: कर्मचारीलाई अब महिनामा दुई पटक तलब

एक्सन खबर
बैशाख, ६, २०८३


सरकारको नयाँ निर्णय: कर्मचारीलाई अब महिनामा दुई पटक तलब

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब दिने निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार अब कर्मचारीहरूले हरेक १५ दिनमा तलब पाउनेछन् ।

सरकारले कर्मचारीको आर्थिक व्यवस्थापन सहज बनाउने तथा दैनिक खर्च व्यवस्थापनलाई थप व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ। यसबाट कर्मचारीहरूलाई मासिक बजेट व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि कर्मचारीहरूले महिनामा एकपटक मात्र तलब पाउँदै आएका थिए। नयाँ प्रणाली लागू भएपछि तलब वितरण प्रक्रिया थप नियमित र पारदर्शी हुने विश्वास गरिएको छ ।

सरकारले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।













0 प्रतिकृया