नेकपा (एमाले) काेशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
एक्सन खबर
काठमाडाैं, १६ असाेज । नेकपा (एमाले)को कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार भएकाे मतदानमा प्रत्यासी विनाेद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा विजयी भएका हुन् ।
विजयी खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरेका छन् । यसअघि नै प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी ५२४ मतका साथ विजयी हुँदा उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भए ।
आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेकाे थियाे । अधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
0 प्रतिकृया