Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


आज छठ पर्वकाे पहिलाे दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

एक्सन खबर
मंसिर, ३, २०८०


आज छठ पर्वकाे पहिलाे दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौं, ३ मंसिर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ ।

राजधानी उपत्यका सहित देशभर छठकाे तयारी पुरा भएकाे छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँका २१ स्थानमा छठ पूजास्थलको निर्माण गरिएको छ ।

अस्ताउँदाे सूर्यलाई अर्घ दिएकाे भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्दछन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम रहेकाे छ ।

तराई क्षेत्रमा हर्षाेल्लासका साथ मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि मनाउँदै आएको पाइन्छ । तराई केन्द्रीत छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जिकीर गरे ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । तस्विरः नीरज पटेल (गाउँले)













0 प्रतिकृया