पुलको लठ्ठा फेर्न नसक्ने प्रचण्ड सरकार प्रति सांसद शर्माको आक्रोश
काठमाडौं । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलका लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किँदा २ वटा खच्चड मरेकोमा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सांसद डा.शर्माले झोलुङ्गे पुलका लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै अड्किएको विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका हुन् ।
सांसद शर्माले पुलको लट्ठा फेर्न नसक्ने सरकारले देशको मुहार फेर्छु भन्दै हिँडिरहेको भन्दै आक्रोश व्यक्त गर्दै प्रचण्ड सरकारका कुरा नेपाली जनताले आखिर कहिलेसम्म पत्याउने भन्दै प्रश्न समेत गरेका छन् । ‘पुलको लट्ठा त फेर्न नसक्ने प्रचण्ड सरकार देशको मुहार फेर्छु भन्छ, त्यो पनि अव हामी नेपाली जनताले पत्याउनु पर्ने आखिर कहिले सम्म ?’ डा. शर्माले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
आज बिहान कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएकोमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको थियो ।
झोलुङ्गे पुलमा अड्किएका ९ खच्चरको उद्धार गरिएको छ भने २ खच्चरको मृत्यु भएको छ । एउटा खच्चड पुलमै मृत्यु हुँदा अर्को खच्चड उद्दार गर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको थियो ।
0 प्रतिकृया