Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


नेक अनेरास्ववियूद्वारा सामुहिक राजिनामा दिने घाेषणा

एक्सन खबर
भदौ, २३, २०८२


नेक अनेरास्ववियूद्वारा सामुहिक राजिनामा दिने घाेषणा

भक्तपुर । १९ जना युवाकाे ज्यान जाने गरि भएकाे दमनकाे निन्दा गर्दै चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) अनेरास्ववियु क्याम्पस कमिटीले सामूहिक राजीनामा दिँदै कमिटी विघटन गर्ने घोषणा गरेको छ । समितिले सरकारले जेन-जी आन्दोलनका क्रममा अपनाएको दमनकारी भूमिकाप्रति गहिरो आपत्ति जनाउँदै यस्तो निर्णय गरिएको जनाएको हो । 

‘जेन-जी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ । १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ ।’ जारी सूचनामा भनिएको छ । कमिटीले विगतमा विद्यार्थी हकहितका लागि कलेजस्तरदेखि केन्द्र स्तरसम्म नेतृत्व र सक्रियता जनाएको स्मरण गर्दै शैक्षिक मुद्दामा भने निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

साेमबार बानेश्वरसँगै देशभर भएकाे जेन-जीकाे भ्रष्टाचार विरूद्ध र सामाजिक सञ्जाल बन्द विरूद्धकाे आन्दोलनका क्रममा १९ जना निहत्या युवाहरूकाे ज्यान गएकाे छ भने, करिब चार सय जना घाइते भएका छन् । सुरक्षानिकायद्वारा गरिएकाे बर्बर दमनकाे चाैतर्फी विराेध भएकाे छ । अन्तराष्ट्रिय समुदायले पनि घटनाकाे निन्दा गर्दै आन्दोलनरत पक्ष र राज्य पक्षलाइ संयमित भएर अगाडी बढ्न भनेका छन् ।  













0 प्रतिकृया