Follow us:


Follow us

३० जेठ २०८३, शनिवार
३० जेठ २०८३, शनिवार


काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर


काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रे। काभ्रेको पनौती नगरपालिका–५ चौकोट धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १२१ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ४२ जनाको दाँत खोलिएको छ ।



केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।














0 प्रतिकृया