Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


‘जनतामा निराशा पैदा हुन दिनेछैनाैं’ कानूनमन्त्री कार्की

एक्सन खबर


‘जनतामा निराशा पैदा हुन दिनेछैनाैं’ कानूनमन्त्री कार्की

विराटनगर। सरकारले जनतामा निराशा पैदा हुन नदिने प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले  बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकार जनताको सेवक भएर काम गर्ने बताउँदै आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने पनि बताए ।

केपी शर्मा ओलीको दुई तिहाईको सरकार तानाशाही बनेकाे उल्लेख गर्दै मन्त्री कार्कीले केपी शर्मा ओलीको मानसिकताका कारण फेरि पनि लोकतन्त्र अन्योलको भूमरीमा फस्न पुगेको पनि चर्चा गरे । ‘केपी शर्मा ओलीको मानसिकता तानाशाही छ, त्यसलाई सही ठाँउमा ल्याउन चुनौती हामीसामू अझै विद्यमान छ।’ कार्कीले भने ।

 नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको जिकिर गर्दै कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको कार्कीकाे दावी छ । ‘मुलुककाे विकास कसैले गर्छ भने त्याे कांग्रेसले मात्र गर्छ । याे गठबन्धन विकास, शुसासन र शान्तिका पक्षमा रहेर काम गर्छ ।’ उनले भने ।

प्रदेश १ सरकारले प्रदेशका १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने बताउँदै मन्त्री कार्कीले अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको जनाए ।

काेराेना भाइरस नयाँ भेरियन्टमा देखापरेकाे प्रति प्रदेश सरकार चनाखाे रहेकाे जिकीर गर्दै कार्कीले ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार प्रतिबद्ध रहेकाे विस्वास व्यक्त गरे ।  भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिने व्यवस्था मिलाएको, संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत ठाउँमा राखेर उपचार गरिरहेको जनाए ।

यस्तै मन्त्रालयले विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम गर्दै आएको पनि बताए । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गर्ने उनकाे भनाइ छ ।

मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने बताए । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि गर्ने र सञ्चार गृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने बताए ।













0 प्रतिकृया