Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


चक्रवातको प्रभाव बिहीबार रातिदेखि, शुक्रबार र शनिबार बढी जोखिम, तीन दिन पदयात्रा बन्द

एक्सन खबर
कार्तिक, १२, २०८३


चक्रवातको प्रभाव बिहीबार रातिदेखि, शुक्रबार र शनिबार बढी जोखिम, तीन दिन पदयात्रा बन्द

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा पर्ने सम्भावनासँगै मौसम प्रतिकूल हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमानअनुसार बिहीबार राति, २९ अक्टोबरदेखि शनिबार, ३१ अक्टोबर २०२६ सम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबार र शनिबार वर्षा तथा हिमपातको प्रभाव तुलनात्मक रूपमा बढी देखिन सक्नेछ ।

सम्भावित भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले बिहीबार, २९ अक्टोबरदेखि शनिबार, ३१ अक्टोबरसम्म (कात्तिक १२–१४) पदयात्रामा जान रोक लगाएको छ ।

यसअघि नै पदयात्रामा निस्किएका पर्यटकलाई मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जनाएको छ ।

कुन दिन कस्तो मौसम ?

बुधबार, २८ अक्टोबर (कात्तिक ११): कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्ने सम्भावना ।

बिहीबार, २९ अक्टोबर (कात्तिक १२): रातिदेखि चक्रवातको अप्रत्यक्ष प्रभाव देखिन सक्ने; विभिन्न प्रदेशमा वर्षा वा हिमपातको सम्भावना ।

शुक्रबार, ३० अक्टोबर (कात्तिक १३): वर्षा, मेघगर्जन र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्ने ।

शनिबार, ३१ अक्टोबर (कात्तिक १४): मौसम प्रतिकूल रहन सक्ने भएकाले यात्रा तथा पदयात्रामा विशेष सावधानी आवश्यक ।

आपत्कालीन सम्पर्क नम्बर

मौसमसम्बन्धी जानकारी: ११५५

राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४

नेपाल प्रहरी: १००

सशस्त्र प्रहरी बल: १११४

पर्यटक प्रहरी: ११४४

मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।













0 प्रतिकृया