Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पाैष २५, २०७८


ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्सरे, र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३३ जनाको दाँत निकालिएको छ ।



७ नंम्बर वडा कार्यालय भवनमा भएको शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।













0 प्रतिकृया