Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


विश्व हिन्दी दिवसका अवसरमा दुतावासद्वारा कार्यक्रम

एक्सन खबर
पाैष २७, २०७८


विश्व हिन्दी दिवसका अवसरमा दुतावासद्वारा कार्यक्रम

काठमाडाैं । नेपालका लागि भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेकाे छ । साेमबार राजधानीमा दुतावासले विश्व हिन्दी दिवसको आयोजना गरेकाे हाे ।

सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।

दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षतागरेका थिए। उनले भारतका प्रधानमन्त्रीले यस अवसरमा दिएकाे सन्देश पढेर सुनाएका थिए । भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएकाे सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरियो ।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा थिए । भने, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा. डा. उषा ठाकुर विशिष्ट अतिथि रहेका थिए । उक्त अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि  सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए ।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए जसका लागि उनीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

यस्तै हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार श्रीमती करुणा झाको कविता संग्रहको विमोचन पनि गरियाे। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले सुमधुर समूह गीत प्रस्तुत गरेका थिए ।













0 प्रतिकृया