Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


उपत्यकामा शुक्रबार रातिदेखि सबै सवारी साधनमा जाेरविजाेर प्रणाली

एक्सन खबर
६ माघ २०७८


उपत्यकामा शुक्रबार रातिदेखि सबै सवारी साधनमा जाेरविजाेर प्रणाली



काठमाडाैं । काेराेना संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि लागू हुने गरी यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।

बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि  निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।

जोरबिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले बताए । डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन  पनि निर्देशन दिइएकाे छ ।

सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । सार्वजनिक स्थलमा हिँडडुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले बताएका छन् ।

यसका अलावा सार्वजनिक यातायात प्रयाेग गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने, मास्क नभएकाहरूलाई सवारी चालक वा सह–चालकले पाँच रूपैंया लिएर मास्क दिने, सवारी साधनकाे ढाेकामा सेनिटाइजर राख्नु पर्ने भनिएकाे छ ।

हेर्नुहाेस् सूचना

CDO NOTICE.pdf












0 प्रतिकृया