Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


तपाईकाे मास्क खोइ ? राजधानीमै कुरीकुरी (फाेटाेफिचर)

एक्सन खबर
११ माघ २०७८


तपाईकाे मास्क खोइ ? राजधानीमै कुरीकुरी (फाेटाेफिचर)



काठमाडाैं । संघीय राजधानी काठमाडौंका सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू प्रायःले मास्क लगाएको पाइदैन । लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन् । जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढे पनि सहचालकहरू आफैँले मास्क नलगाउँदा संक्रमण रोकिएला भनेर कसरी मान्नु ?

राजधानीका अधिकांश सार्वजनिक स्थलबाट सवारी साधन चढ्नेहरूले काेराेना महामारीबाट जाेगिन मास्क लगाएकाे देखिएन । कतिपय स्थानमा दुइ जना हिँड्दा एकजनाले मास्क लगाउँदा अर्काेले नलगाएकाे पनि पाइयाे । धेरैले नाक र मुख छाेपिने गरि मास्क नलगाइ चिउँडाेमा मास्क लगाएका छन् ।

फुटफाटमा व्यापार गर्ने, पैदल हिँड्नेहरू पनि लापरवाही तरिकाले हिँडिरहेका छन् । सामाजिक दुरी कतै कायम भएकाे छैन ।  यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी छ ।

हेर्नुहाेस फाेटाेहरू

-->











0 प्रतिकृया