Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


बाग्मती छेउका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन

एक्सन खबर
१५ माघ २०७८


बाग्मती छेउका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन

काठमाडाैं । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको  छ ।

सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो ।

यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।













0 प्रतिकृया