Follow us:


Follow us

२१ कार्तिक २०८३, शुक्रवार
२१ कार्तिक २०८३, शुक्रवार


नेपाली हिप–हप संगीतको नयाँ यात्रामा टिभिएस एनटर्कको साथ

एक्सन खबर
कार्तिक, २०, २०८३


नेपाली हिप–हप संगीतको नयाँ यात्रामा टिभिएस एनटर्कको साथ

काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटिभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल वाइ नेपप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको टाइटल स्पाेन्सरकाे रूपमा टिभिएस एनटर्क आबद्ध भएको छ ।

मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘हसल वाइ नेपप’ लाई टिभिएस एनटर्कको रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित टिभिएस एनटर्कले यस कार्यक्रमको टाइटल स्पाेन्सरका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको टिभिएस एनटर्कको यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल भावनासहित अघि बढ्ने ‘‘हसल वाइ नेपप’’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ ।













0 प्रतिकृया