Follow us:


Follow us

३१ भदौ २०८३, बुधवार
३१ भदौ २०८३, बुधवार


बालश्रम उल्मुलनमा सरकारलाई गिज्याउँने यी आँखाहरू (फाेटाे फिचर)

एक्सन खबर
१५ माघ २०७८


बालश्रम उल्मुलनमा सरकारलाई गिज्याउँने यी आँखाहरू (फाेटाे फिचर)



काठमाडाैं । काठमाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् । यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउँछन् । अनि काँचो इटाको झ्याउलीमा बस्छन् ।

भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन् । ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् । सरकारले ईंटा भट्टामा बालश्रम निषेध गरेपनि कार्यान्वयन फितलाे छ । काँठ क्षेत्रका ईंटा भट्टाहरूमा बालबालिका, किशाेर किशाेरीहरू श्रम गरिरहेकाे भेटिन्छन् ।

भक्तपुर, ललितपुर तथा काठमाडाैं चक्रपथ बाहिरका ईंटा भट्टामा बालश्रम निर्वाध छ । सरकारले अनिवार्य बालबालिकाहरूलाई विद्यालय पठाउनु पर्ने घाेषणा गरेपनि ईंटा भट्टामा रहेका परिवारका बालबालिकाहरू विद्यालय गएका छैनन् । स्थानीय तहले पनि ईंटा भट्टाहरूमा अनुगमन नगर्दा बालश्रम छ ।

 हेरौं केही दृश्यहरु :

-->











0 प्रतिकृया