लागुऔषध सहित १ जना पक्राउ
एक्सन खबर
झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित मेचीनगर-११ का २३ बर्षीय सेवन उराव पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उराउलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उराउको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
0 प्रतिकृया