Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै विरोध र्‍याली

एक्सन खबर
२० माघ २०७८


राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै विरोध र्‍याली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यकाे माग गर्दै बिहीबार विरोध र्‍याली निकालेका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतकाे ध्यानाकर्षण गर्दै विरोध र्‍याली निकालेका हुन् ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेकाे र्‍याली दशरथ रङ्गशालाको मुलगेटमा पुगेर समापन भएकाे थियाे ।

राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादकाे मुद्दा लामाे समयदेखि सर्वोच्चमा विचाराधीन छ । जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेकाे छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधि ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बाेधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्या निराकरण गरी गाँठो फुकाउन आव्हान गर्दै विरोध  र्‍याली आयोजना गरेको हो ।

'खेलकुद ऐनमा राखेपमा सदस्यसचिव नहुँदा अथवा भ्याकुम रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरिएको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’ कर्मचारी संघका अध्यक्ष थापाले बताए ।













0 प्रतिकृया